२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

देशैभर भोलि सोनाम ल्होछार मनाइँदै, मेयर दाहालद्वारा उद्घाटन

प्रकाशित मिति : २०७७ माघ २९ गते

–बबिलाल तामाङ
चितवन । तामाङ समुदायले मनाउने मुख्य पर्व सोनाम ल्होछारको तयारी अन्तिम चरण पुगेको छ । माघ ३० गते अर्थात् भोलि शुक्रबार देशैभर तामाङ समुदायले २८५७औं सोनाम ल्होछार मनाउँदै छन् ।
भरतपुर नगर तामाङ समाजका अध्यक्ष पासाङ तामाङले २८५७औं सोनाम ल्होछारको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । समाजले छेच्यु थर्पलिङ गुम्बा भोजाडमा भोलि शुक्रबार मुसा वर्षलाई विदाई र गाई वर्षलाई स्वागत गर्दै २८५७औं सोनाम ल्होछार मनाउँदै छ ।
ल्होछार कार्यक्रमको लागि गुम्बामा रंगरोगन, तोरण र सरसफाइलगायत सम्पूर्ण काम सम्पन्न भइसकेको अध्यक्ष तामाङले भने । विगत वर्षहरु जस्तो राष्ट्रिय कलाकारलाई निम्तो नगरिने र स्थानीय कलाकार भाइबहिनीबाट नृत्य तथा गायनबाट मनोरंजन दिइने उनको भनाइ छ ।
उनका अनुसार भोलि हुने कार्यक्रमका लागि भरतपुर महानगरपालिका मेयर रेनु दाहाललाई प्रमुख अतिथिको निम्तो दिइएको छ । कार्यक्रम मेयर दाहालद्वारा शुभारम्भ गरिने बताइएको छ ।
यस्तै श्री विश्वपञ्चशील शान्ति गुम्बा लामाटोलमा ल्होछार तयारी अन्तिम चरण पुगेको अध्यक्ष शिवकुमारी लामाले जानकारी दिए । उनका अनुसार यस वर्ष कोभिड–१९ कारण भव्य कार्यक्रम नगरिने भएको हो ।
लामागुरु खेन्पो दावा लामाद्वारा आज बेलुका ग्रह फाल्ने र होम हाल्ने कार्यक्रम रहेको उनले बताए । भोलि शुक्रबार बिहान ११ बजेसम्म पूजाआजा गरिने र वाङ (दीर्घायू) थाप्ने कार्यक्रम हुने उनले जानकारी गराए ।
उनले दिउँसो शुभकामना आदानप्रदान, नाचगान र खानपिन सामान्य ढंगबाट सम्पन्न गरिने बताए । सम्पूर्ण तामाङ समुदायलाई आफ्नो मौलिक भेषभूषामा उपस्थित हुन उनले आग्रह समेत गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20