‘महिलाले सञ्चालन गरेको जुनकुनै व्यवसायलाई राज्यले छुट दिनुपर्छ’ – व्यवसायी पिंकी लामा

0
1111

विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण सबै किसिमका व्यवसायी धराशायी हुँदै गइरहेको छ । समाजमा विभिन्न किसिमका व्यवसाय सञ्चालन गरिरहेका मध्ये ब्यूटी पार्लर पनि एक पर्दछ । व्यवसाय सञ्चालनका लागि लिइएको कर्जा, ब्याज, भाडा तथा कर्मचारीलगायत सबैतिर खर्चको ओइरो छ । लकडाउनका कारण व्यवसाय ठप्प छ । लम्बिँदै गएको यो लकडाउनले सम्पूर्ण व्यवसायीलाई समस्या पर्दै गइरहेको प्रत्यक्ष छ । लकडाउन मात्र समस्याको समाधान नभएको यो विषम परिस्थितिमा सरकारले वैकल्पिक खोजीको वातावरण आवश्यक भइसकेको छ । यही क्रममा जारी रहने हो भने देश भयावह स्थितिमा जाने निश्चित छ ।

अहिले देशमा भइरहेको अवस्था र यसको विकल्पको विषयमा ब्यूटी पार्लर व्यवसायमा भए गरेका समस्या पस्कने जमर्को गरेका छौं । विगत १९ वर्षदेखि ब्यूटी पार्लर सञ्चालन गर्दै आउनु भएका फेमिना ब्यूटी पार्लर एण्ड मेकअप स्टुडियो भरतपुर–१०, चितवनका प्रोप्राइटर एक सफल महिला व्यवसायी पिंकी लामा श्रेष्ठसँग न्यूजप्रवाह डटकमका प्रधान सम्पादक बबिलाल तामाङले गरेको संक्षिप्त साक्षात्कार –

१, लकडाउनका कारण पार्लर व्यवसायमा कतिको असर पारेको छ ?
उत्तर – सबैतिर असर पार्दा पार्लर व्यवसायमा असर नपुग्ने कुरै भएन । लकडाउनका कारण आर्थिक क्षेत्रमा ठूलै प्रभाव पारेको छ । ठूलादेखि साना सबै किसिमका व्यवसाय धराशायी हुँदै गएको छ । सरकारले कोरोना भाइरस रोकथामका लागि गरेको लकडाउनका कारण ब्यूटी पार्लर व्यवसायलाई पनि प्रभावित पारेको छ । जारी लकडाउनका कारण पार्लर व्यवसाय ठप्प छ, आर्थिक भार थपिँदै गएको छ । घर भाडा, कर्मचारी तलब, लगानी र त्यसको व्याज तिर्न नसक्ने अवस्थामा पुगिसकेको छ ।

२, यही क्रम जारी रहिरहे पार्लरको भविष्य के होला ?
उत्तर – दिनानुदिन कोरोना संक्रमित बढेको बढ्यै छ । यो हप्तामात्रै एक हजार बढी संक्रमित पुष्टि भइसकेको छ । सरकारले पनि जारी लकडाउन गत चैत्र ११ गतेदेखि थप्दै थप्दै जेठ मसान्तसम्म पु¥याएको छ । अवस्था झनै भयावह बन्दै गइरहेको यो विषम परिस्थितिले गर्दा जारी लकडाउन कहिलेसम्म हो भन्ने यकिन गर्न सकिने अवस्था छैन । सरकारले यही क्रम जारी राख्ने हो भने एक दिन पार्लर व्यवसाय विस्थापित हुनेछ ।

३, कोरोना रोकथामको लागि लकडाउनको विकल्प केही देख्नु भएको छ ?
उत्तर – लकडाउन थपेर मात्र समस्याको समाधान हुँदैन । यो जारी रहिरहे यसले दूरगामी असर पार्छ । सरकारले लकडाउनको ’मोडालिटी’ सबै किसिमका व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ । त्यसको लागि सरकारले तोकेको नियम सबैले पालना गर्नुपर्छ । यसो गरेमा देशलाई आर्थिक भारबाट बचाउन सकिन्छ । त्यसैले लकडाउनका साथै व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन जरुरी भएको छ ।

४, पार्लरमा कार्यरत कर्मचारी र उनीहरुका विषयमा कसरीे तयारी गरिरहनु भएको छ ?
उत्तर – अहिलेको विषम परिस्थितिले आफू बच्ने र अरुलाई पनि बचाउने हो । अहिले हामीले कमाउन भन्दा पनि कसरी हुन्छ बच्नेतिर लाग्नुपर्छ, त्यहीअनुरुप सबैखाले नियमको पालना अपरिहार्य छ । मैले मेरा कर्मचारीहरुलाई सहयोग गरेको छु । उनीहरुको समस्या धेरथोर भए पनि समाधान गरेको छु । अझ यो स्थिति बढ्दै जाने हो भने विकल्प खोज्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । त्यस्तो तयारी भनेर केही गरेकी छैन, हेर्दै जाउँ परिस्थिति कतातिर मोडिन्छ ? अहिलेसम्म आफ्नोतर्फबाट सकेको सहयोग गरेको छु जस्तो लाग्छ ।

५ पार्लरलाई प्रत्यक्ष असर परेको यो अवस्थामा सरकारलाई के भन्न चाहनुहुन्छ ?
उत्तर – अहिलेको यो महामारीमा ठूला–साना सबै किसिमका व्यवसायी ठप्प भएका छन् । यसैमा हाम्रो पार्लर पनि ठप्प छ । सरकारको यो लकडाउनले हामी पार्लर व्यवसायीलाई प्रत्यक्ष प्रभाव पारिरहेको छ । व्यवसायमा गरेको लगानी, त्यसको ब्याज, कर्मचारी, घरभाडालगायत यी सबै समाधान गर्न असहज बन्दै गएको छ ।
सरकारले जारी गरेको लकडाउन खुकुलो पार्ने र व्यवसाय सञ्चालनको लागि सहज वातावरण सिर्जना गर्नुपर्छ । त्यसका लागि सरकारले गरेका नियम पालना गर्नुपर्छ । आगामी दिनमा छिटोभन्दा छिटो यो विषयमा ध्यान दिन जरुरी भइसकेको छ ।

६, भावी दिनमा पार्लरलाई सरकारले के गरी दिए हुन्छ जस्तो लाग्छ ?
उत्तर – महिलाहरुद्वारा सञ्चालित पार्लर व्यवसायमा सरकारले सहयोग गर्नुपर्छ । महिलाहरुको यो व्यवसायलाई सरकारले प्रोत्साहन गर्न जरुरी छ । हाम्रो व्यवसायलाई हरतरहबाट सहज ढंगबाट सञ्चालन गर्न दिनुपर्छ । व्यवसायमा लाग्ने सबै खाले कर छुट गरिनुपर्छ । यसो गरेमा प्रत्येक महिलाहरु आत्मनिर्भर र सक्षम हुन्छन् । सरकारले महिलाहरुले गरेको जुनसुकै व्यवसायलाई प्राथमिकता राखेर कदम चाल्नु पर्ने देखिन्छ ।

७, लकडाउनका विषय तथा कोरोना भाइरसको विषयमा आमजनतालाई के सुझाव दिन चाहनुहुन्छ ?
उत्तर – लकडाउनका कारण देशको अवस्था असामान्य हुँदै गइरहेको छ । दिनप्रतिदिन संक्रमित बढ्दो छ । यो हप्तामात्रै १ हजार बढी कोरोना संक्रमित पुष्टि भइसकेका छन् । यो विषम परिस्थितिमा आममानिसलाई लकडाउनको पालना गर्न अनुरोध गर्दछु । सबैले सामाजिक दूरी कायम गर्ने, माक्स तथा हेन्ड सेनिटाइजरको प्रयोग गर्ने, बेलाबेलामा हात धुने, बाहिर निस्कनु पर्ने काम बाहेक अरु बेला घरमै बस्न अनुरोध गर्दछु । देशलाई अहिले हाम्रो आवश्यकता छ, त्यसैले आफू पनि सुरक्षित हुने र अरुलाई पनि सुरक्षित राख्न सकेमा मात्र समाज बनाउन सकिन्छ । समाज बच्यो भने देश बचाउन सकिन्छ । त्यसैले सम्पूर्णमा मेरो घरभित्रै बस्न सुझाव दिन चाहन्छु ।

८, कोरोना भाइरस तत्कालै निर्मूल हुने अवस्था देखिँदैन, अबका दिनमा तपाईँहरुले पार्लर पेशालाई कसरी लैजाँदा ठीक होला ?
उत्तर – पक्कै पनि यो कोरोना भाइरस दिनप्रतिदिन बढ्दै गइरहेको छ । नेपालमा २ हजार बढी संक्रमित भेटिइसकेका छन् । अझ बढ्ने क्रम जारी नै छ । यसले विश्वव्यापी रुपमा प्रत्यक्ष असर पारिरहेको हामी सबैलाई थाहा भएकै विषय हो । त्यसैले अबका दिनमा पार्लर पेशालाई सबै खाले नियमहरुको पालना गर्दै अघि बढाउने सोच छ । त्यसको लागि तपाई हामी सबैले मुख्यतः सामाजिक दूरी कायम गर्नुप¥यो । माक्स तथा सेनिटाइजरको प्रयोग गर्नुप¥यो । अब पहिलेको जस्तो अवस्थामा हुन समय लाग्छ । अहिलेको अवस्थामा पार्लर सञ्चालनको लागि नियममा बाँधिएर अघि बढ्नु पर्ने हुन्छ ।

९, यसमा मैले सोध्न छुटेका र तपाईँलाई लागेको केही भए थप गर्न सक्नु हुनेछ ।
सर्वप्रथम त सबैलाई यस महामारीको विषम परिस्थितिबाट जोगिन अनुरोध गर्दछु । यसबाट बच्न सकिने सबै किसिमका नियम पालना गर्नुहोला । आज हामीलाई देश हैन, देशलाई हामी चाहिएको छ । त्यसैले सबैले घरमा बसेर लकडाउनको पालना गर्नुहुन अनुरोध गर्दछु । आज आफू बाँच्न सके र अरुलाई बचाउन सकिए समाज बचाउन सकिने छ । समाज बचाउन सके नै देश बचाउन सकिन्छ । यसका लागि सबै एकजुट हुन अत्यन्त जरुरी छ । र अन्तमा मेरो दुई शब्द मिडिया मार्फत् आमजनतामा पु¥याई दिनु भएकोमा न्यूजप्रवाह डटकम परिवारलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।