March 29, 2024

नेविसंघका ५१ जना नेकपा प्रचण्ड–नेपाल समूहमा प्रवेश

March 6, 2021

चितवन / नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का जिल्ला सदस्य सहित ५१ जना नेपाल कम्यूनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहमा प्रवेश गरेका छन् । शनिबार नेविसंघका जिल्ला सदस्य तथा सहिद स्मृति बहुमुखी क्याम्पस रत्ननगरको उपसभापति रोनित श्रेष्ठको नेतृत्वमा ५१ जना प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियारको प्रमुख आतिथ्यमा अनेरास्ववीयू चितवनले एक कार्यक्रमकाबीच स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रममा पार्टी जिल्ला कार्यालय सदस्य तेजेन्द्र खड्का, कृष्णराज न्यौपाने, रामचन्द्र अधिकारी, पार्टी सचिवालय सदस्य च्रक रुचाल, अनेरास्ववीयुका केन्द्रिय सदस्य सरोजध्वज भण्डारी, अशोक देवकोटा लगायतको उपस्थिति रहेका थिए ।
अनेरास्ववीयु जिल्ला कार्यालय सदस्य अविनास रम्तेलको अध्यक्षतामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -