रत्ननगर, चितवन । रत्ननगर नगरपालिकाले चितवनमै पहिलो पटक रेडियो कक्षा सुरु गरेको छ । लकडाउनका कारण विद्यालयमा पठनपाठन गराउन सक्ने अवस्था नरहेपछि वैकल्पिक शिक्षाको रुपमा सो नगरपालिकाले रेडियो मार्फत विद्यार्थीहरुलाई पढाउनु सुरु गरेको हो ।
रत्ननगरका मेयर नारायण वनले रेडियो अर्पणको स्टुडियोमा रेडियो कक्षाको शुभारम्भ गरेका छन् । सो अवसरमा उनले नगरको शैक्षिक स्तर खस्किन नदिन रेडियो कक्षा सुरु गरिएको बताए । मुलुकमा लकडाउन सुरु भएपछि अनलाइन कक्षा सञ्चालनको होडबाजी चलेको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको पहुँच इन्टरनेट र सुविधायुक्त मोवाइलमा नहुने भएकाले रेडियो कक्षा सुरु गरिएको उनले बताए ।
पहिलो चरणमा सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थीहरुका लागि रेडियो कक्षा सुरु गरिएको हो । पहिलो चरणमा कक्षा ८ को नेपाली अंग्रेजी र सामाजिक विषयको कक्षा सुरु भएको छ । पहिलो चरणको रेडियो कक्षाको प्रभावकारिता मूल्याङकन गरी अन्य कक्षाको कार्यक्रम सञ्चालन गर्ने योजना रहेको मेयर वनले बताए ।
जिल्लामै रेडियो कक्षा सञ्चालन गर्ने गरी अन्य पालिकाहरुसँग पनि सहकार्य गर्ने प्रयास भइरहेको मेयर वनले बताए । रत्ननगरमा २९ सामुदायिक, २४ संस्थागत विद्यालय रहेका छन् । नेपाल सरकारले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिक वैकल्पिक शिक्षाको रुपमा रेडियो कक्षा सुरु गरिएको नगर शिक्षा अधिकारी बद्रिनारायण शर्माले जानकारी दिए ।
- ADVERTISEMENT -

रत्ननगर नगरपालिकाद्वारा रेडियो कक्षा सुरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96











