२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

तमू सञ्चारकर्मीलाई ३१ थान प्रेस ज्याकेट प्रदान

प्रकाशित मिति : २०७७ असार ६ गते

चितवन । मिलन फाउन्डेशन नेपालद्धारा तमू सञ्चारकर्मीहरुलाई ३१ थान प्रेस ज्याकेट प्रदान गरेको छ । कोरोना महामारीको बेलामा कार्यक्षेत्रमा खटिएर रिपोर्टिङ गर्ने तमू पत्रकारहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले सो ज्याकेट प्रदान गरिएको फाउन्डेशनले जनाएको छ ।
शनिबार तमू सञ्चारकर्मीहरुलाई ज्याकेट प्रदान गर्दै फाउन्डेशनकी कार्यबाहक अध्यक्ष देवी गुरुङले स्थापनाकालदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा सक्रिय रहेको फाउन्डेशनले तमू पत्रकारहरुलाई प्रेस ज्याकेट उपलब्ध गराउन पाउँदा ज्यादै खुशी लागेको बताउँदै आउने दिनमा फाउन्डेशनको हरेक कार्यक्रमहरुमा तमू सञ्चारकर्मीहरुसँग सहकार्य गर्दै जाने बताए ।
ज्याकेट ग्रहण गर्दै तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालकी महासचिव रोशनी गुरुङले मिलन फाउन्डेशनले सामाजिक क्षेत्रमा गर्दै आएको काम अत्यन्तै सह्रनीय रहेको भन्दै फाउन्डेशनप्रति आभार व्यक्त गरे । फाउन्डेशनका संस्थापक हाल हङकङ निवासी समाजसेवी दुर्गा गुरुङ (मिलन) ले विशुद्ध आफनो पसिनाको कमाईबाट कसैसँग एक रुपैंयाँ पनि सहयोग नलिइ गर्दै आएको सामाजिक कार्य आफैमा प्रशंसनीय रहेको उहाँले बताए ।
ज्याकेट ग्रहण कार्यक्रममा तमू सञ्चारकर्मी संघका महासचिव रोशनी गुरुङ, केन्द्रिय सदस्यहरु मणिलाल गुरुङ, खिमा गुरुङ र किरण गुरुङको सहभागिता रहेको थियो । फाउन्डेशनका कार्यबाहक अध्यक्ष देवी गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम फाउन्डेशनकी संरक्षक तथा दुर्गा मिलन गुरुङकी आमा सावित्री गुरुङको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।
फाउन्डेशनका कार्यक्रम संयोजक हितकाजी गुरुङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम सचिव मदन गुरुङले सञ्चालन गरेको थियो । तमू सञ्चारकर्मी केन्द्रिय समितिलाई प्राप्त भएको ३१ थान ज्याकेट मध्ये शनिबार नै समितिले कास्की जिल्ला समितिलाई १५ थान प्रदान गरेको छ । तमू सञ्चारकर्मी संघ कास्कीका सचिव सुरज गुरुङलाई सो ज्याकेट प्रदान गरिएको हो ।
यसैबीच शनिबार नै तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले स्थापना गरेको आपतकालीन राहतकोषमा ज्याकेटका सौजन्य दाता मिलन फाउन्डेशनले नगद १० हजार रुपैंयाँ प्रदान गरेको छ भने सोही कोषमा फाउन्डेशनकी कार्यबाहक अध्यक्ष देवी गुरुङले ५ हजार र फाउन्डेशनका कार्यक्रम संयोजक हितकाजी गुरुङले पनि ५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
मिलन फाउन्डेशनले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीलाई पनि कोरोना महामारीको बेला सुरक्ष सामग्री खरिद गर्नका लागि नगद २५ हजार प्रदान गरेको छ भने यसअघि पनि फाउन्डेशनले फोनिज गण्डकीलाई ५० हजार रुपैया आर्थिक सहयोग गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96