Opens in a new tab
२०८३ मंसिर ९, मंगलवार
November 24, 2026
२०८३ मंसिर ९, मंगलवार
November 24, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

उपत्यकामा निषेधाज्ञा खुकुलो : नीजि सवारी साधन चल्ने

प्रकाशित मिति : २०७८ असार ७ गते

काठमाडौं / काठमाडाैं उपत्यकामा असार ८ गतेदेखि निषेधाज्ञा खुकुलो हुने भएको छ। आइतबार बसेको काठमाडाैं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जारी निषेधाज्ञालाई केही खुकुलो पार्दै एक हप्ता लम्ब्याउने निर्णय गरेको हो।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका ट्याक्सीसहितका निजी सवारी साधनलाई जोर-विजोर प्रणालीमा चल्ने दिइनेछ। जोर नम्बरका सवारी जोर गते र विजोर नम्बरका सवारी विजोर गते चल्न दिइनेछ।
यस्तै, पलहरू बार अनुसार चलाउने निर्णय गरिएको छ। अधिकारीका अनुसार आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइनेछ।
यसैगरी, सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी र टेलरिङ पसल खोल्न दिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए।
निर्माणजन्य सामग्रीका पसलहरू हरेक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न दिइने। खाद्यान्न, दूध, किताब, फलफुल र माछामासुका पसलहरू बिहान ११ बजेसम्मखोल्न दिइनेछ।
उनका अनुसार रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन्। कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र बनेपछि उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.36
148.96
European Euro
1
162.83
163.48
UK Pound Sterling
1
194.57
195.35
Swiss Franc
1
176.81
177.52
Australian Dollar
1
98.61
99.01
Canadian Dollar
1
103.55
103.97
Singapore Dollar
1
115.05
115.51
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
22.26
22.35
Saudi Arabian Riyal
1
39.54
39.70
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.36
4.38
UAE Dirham
1
40.39
40.56
Malaysian Ringgit
1
35.98
36.13
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
14.52
14.58
Danish Kroner
1
21.78
21.87
Hong Kong Dollar
1
18.92
19.00
Kuwaity Dinar
1
480.28
482.23
Bahrain Dinar
1
393.27
394.86
Omani Rial
1
385.34
386.90