चितवन / कालिका बि.एम. हस्तकला प्रशिक्षण केन्द्रको आयोजना तथा कालिका नगरपालिका र राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण कोष (हरियो वन) को सहयोगमा सञ्चालित ढाका बुन्ने तथा हस्तकला सम्बन्धि ३ महिने तालिम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सभासद् घनश्याम दाहाल (अविनाश)ले विगतका वर्षदेखि यस प्रशिक्षण केन्द्रले महिलाहरुलाई आयआर्जन गर्ने कार्यमा निरन्तरता दिदैँ आएको बताए । तालिममा सहभागी महिला दिदीबहिनीहरुलाई आफूले तालिमबाट सिकेका सिपलाई व्यवहारमा उतार्न उनले आग्रह गरे ।
कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले तालिमको लागि आफ्नो संस्थाबाट सहयोग रहेको र बिचौलियाका कारण महिलाहरुले उत्पादन गरेका वस्तुहरुको आकर्षक बजार मूल्य प्राप्त नहुने हुँदा उत्पादन भएका वस्तुहरुलाई उचित बजारीकरण गर्नुपर्ने बताए ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा. बाबुराम लामिछानेले महिलाहरुको सिप विकास र आयआर्जन हुने खालका गतिविधिहरुमा विगतका वर्षहरुदेखि नै केन्द्रलाई सहयोग हुँदै आएको र आगामी दिनहरुमा समेत सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा कालिका नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्णकुमार श्रेष्ठ, राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्व कार्यालय प्रमुख रामकुमार अर्याल, बि.एम.हस्तकला प्रशिक्षण केन्द्रकी सल्लाहकार सविता लामा ले तालिम समापनको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
केन्द्रकी उपाध्यक्ष सुनमाया बलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा सहभागीको तर्फबाट मरियम तामाङले तालिममा सिकेका सिपका बारेमा आफ्नो धारणा राख्नुभएको थियो । तीन महिनासम्म सञ्चालित तालिममा १३ जनाको सहभागिता रहेको थियो ।
बि.एम.हस्तकला प्रशिक्षण केन्द्रकी अध्यक्ष बुद्धिमाया घलेको सभापतित्वमा तालिम समापन भएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

तालिमबाट सिकेका सिपलाई व्यवहारमा उतार्न आग्रह

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.89
153.49

European Euro
1
174.47
175.16

UK Pound Sterling
1
203.13
203.93

Swiss Franc
1
185.79
186.52

Australian Dollar
1
108.28
108.70

Canadian Dollar
1
108.56
108.98

Singapore Dollar
1
119.65
120.12

Japanese Yen
10
9.69
9.73

Chinese Yuan
1
22.80
22.89

Saudi Arabian Riyal
1
40.71
40.87

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.47
37.62

South Korean Won
100
11.21
11.25

Swedish Kroner
1
15.49
15.55

Danish Kroner
1
23.34
23.43

Hong Kong Dollar
1
19.49
19.57

Kuwaity Dinar
1
497.20
499.15

Bahrain Dinar
1
405.53
407.12

Omani Rial
1
397.11
398.67













