बाढीले होटल तथा रेष्टुरेन्ट डुबानमा

0
33

चितवन / निरन्तरको वर्षाले खगेरी खोलामा आएको बाढीले रत्ननगरका होटल तथा रेष्टुरेन्टहरु डुबानमा परेका छन् ।
खगेरीको बाढीले रत्ननगर नगरपालिका–८ मा रहेको होटल रेड रूफ, होटल न्यु न्युरो, होटल ग्रीन लज, होटल जंगल प्यालेस, दोभान रेष्टुरेन्ट, संहाति छेउकुना रेष्टुरेन्ट र रत्ननगर नगरपालिका–७ मा रहेको बिग बोस रेष्टुरेन्ट, बेम्बो कटेज रेष्टुरेन्ट र सौराहा सभाहल डुबानमा परेको छ ।
यस्तै रत्ननगर नगरपालिका ८ मै रहेको सुकुम्बासी टोल र मनोहरा राष्ट्रिय प्रथामिक विद्यालय पनि डुबानमा परेको छ ।
यस्तै रत्ननगर ७ मा रहेको रमाइलो डाडामा अवस्थित झुलुङगे पुलमा पनि बाढीले क्षति पुगेको छ ।