काठमाडौं / नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त भएका छन् । कार्यकारी निर्देशक घिसिङले आज बिहीबारबाट जिम्मेवारी सम्हाल्दै छन् ।
उनले यसअघि ४ वर्षे कार्यकाल पूरा गरी बिदा भएकोमा देउवा सरकारले पुनः विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्ति दिएको हो ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबार मन्त्रिपरिषद् बैठकमा पेस गरेको प्रस्तावअनुसार सरकारले घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःनियुक्त गरेको हो ।
यसअघिका प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाइएको छ । उनलाई प्राधिकरणमा खाईपाई आएको तलब सुविधा दिनेगरी आयोगमा पठाउने प्रस्ताव गरिएको हो ।
प्राधिकरणबाट उनले हिजो बुधबार नै बिदा लिइसकेका छन् ।
घिसिङले यसअघिको कार्यकालमा लोडसेडिङ समस्या सधैंका लागि अन्त्य गरी घाटामा रहेको प्राधिकरणलाई नाफा गर्न सक्ने अवस्थामा पुर्याएका थिए । यसैकारण घिसिङको पुनः नियुक्तिपछि आम जनता खुसी छाएको छ । कतिपय स्थानमा घिसिङ आगमनमा खुसियालीको दीपावलीसमेत गरिएको छ ।
- ADVERTISEMENT -

विद्युत् प्राधिकरणमा पुनः घिसिङ, खुशीयालीमा दिपावली

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.19
151.79

European Euro
1
173.14
173.83

UK Pound Sterling
1
200.14
200.93

Swiss Franc
1
187.02
187.77

Australian Dollar
1
105.85
106.27

Canadian Dollar
1
106.65
107.07

Singapore Dollar
1
116.91
117.38

Japanese Yen
10
9.35
9.38

Chinese Yuan
1
22.32
22.41

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.63

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.16
41.33

Malaysian Ringgit
1
36.44
36.58

South Korean Won
100
9.83
9.87

Swedish Kroner
1
15.74
15.81

Danish Kroner
1
23.16
23.26

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
491.44
493.39

Bahrain Dinar
1
401.05
402.64

Omani Rial
1
392.72
394.28










