घरघरमा दीपावली गर्न जिल्लावासीलाई प्रशासनको अनुरोध

0
26

चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले संविधान दिवसको अवसरमा तीन दिनसम्म घरघरमा दीपावली (दिप प्रज्वलन) गर्न जिल्लावासीलाई अनुरोध गरेको छ । प्रशासनले आज बिहीबार सूचना जारी गर्दै असोज २, ३ र ४ गते घरघरमा तीन दिनसम्म दिपावली गर्न अनुरोध गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘चितवनमा संविधान दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । संविधान दिवस समारोह समिति चितवनको निर्णय अनुसार सबै दिदीबहिनी, दाजुभाई तथा समग्र जिल्लावासी आम नागरिक समक्ष दीपावली गर्न हार्दिक अनुरोध गर्दछौं ।’