राप्ती / राप्ती नगरपालिकाले चेपाङ समुदायमा २० वर्षसम्म विवाह नगर्ने छोरीलाई प्रोत्साहन रकम दिन सुरु गरेको छ । नगरपालिकाले यस सम्बन्धी नीति बनाएर रकम वितरण गर्न सुरु गरेको हो । जसअनुसार राप्ती–१३ लोथरकी सरिता प्रजाले प्रोत्साहनस्वरुप रु १५ हजार प्राप्त गरेकी छन् । नगरप्रमुख प्रभा बरालले २० वर्षसम्म विवाह नगरी स्नातक अध्ययन गरिरहेकी प्रजाबाट प्रोत्साहन रकम वितरणको सुरुआत गरिएको बताईन् । २० वर्षका उमेरमा तीन सन्तान बोकेर आमा आउने गरेपछि बालविवाह निरुत्साहित गर्न प्रोत्साहन रकम दिन थालेका हौंँ ।’
उनले भनिन उनका अनुसार पढ्दा पढ्दै ११ वर्षदेखि नै चेपाङ छात्रा विवाह गरेर जाने गर्दछन् । यसका कारण बीचैमा पढाइ छोड्ने गरेको उनी बताउँछन् । केही वर्ष अघिसम्म भर्ना दर ९० प्रतिशत रहेकामा हाल शतप्रतिशत भए पनि बीचैमा पढाइ छोड्ने धेरै भएको नगरप्रमुख बराल बताउँछिन् । धेरैले कक्षा ८ सम्म पढेपछि पढाइ छोड्ने गरेका छन् ।
बीचमा नै पढाइ नछोडून् र उमेर पुगेपछि मात्र विवाह गरुन भन्ने उद्देश्यले नगरपालिकाले यसै वर्षबाट प्रोत्साहन रकम दिने नीति बनाएको हो । सो नगरपालिकाको वडा नं १०, ११, १२ र १३ मा चेपाङ समुदायको बाहुल्यता छ । नगरपालिकामा ६४ हजार ८२० जनसङ्ख्या रहेकामा ८ हजार चेपाङ समुदाय रहेका छन् । आर्थिक हिसाबले पछाडि परेका चेपाङलगायतका समुदायका लागि नगरपालिकाले तीन छात्रबास सञ्चालन गरेको छ भने लक्ष्मी प्रतिष्ठान नामक संस्थाले एउटा छात्रबास सञ्चालन गर्दै आएको छ ।
छात्रबासमा नै रहेर अध्ययन गर्दागर्दै विवाह गरेर माथिल्ला कक्षामा छात्राको सङ्ख्या घट्दै जाने गरेको उनी बताउँछिन्। उनले भनिन्, ‘हाम्रो यहाँ बच्चाले बच्चा पाउने गर्दछन् । यसलाई रोक्न हामी लागि परेका छौ ।’ रासस
- ADVERTISEMENT -

चेपाङ समुदायमा २० वर्षसम्म विवाह नगर्ने छोरीलाई प्रोत्साहन रकम प्रदान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













