२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभाव म्याग्दी

प्रकाशित मिति : २०७८ कार्तिक २१ गते

बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभावमा सेवा प्रभावित भएको छ । पचास शय्या क्षमताको अस्पतालले अस्थायी संरचना र करार जनशक्तिका भरमा ६४ शय्या सञ्चालन गरेको छ । पन्ध्रबाट ५० शय्यामा स्तरोन्नति भएको पाँच वर्षसम्म पनि अस्पतालको नयाँ भवन निर्माणले पूर्णता पाउन र दरबन्दीअनुसारका जनशक्ति व्यवस्थापन हुनसकेको छैन ।

फरक–फरक ठाउँमा अस्थायी संरचना बनाएर सघन उपचार, डायलायसिस, कोभिड र बालरोग उपचार कक्ष थपेर ६४ शय्याको सेवा सञ्चालन गरेको छ । अस्पतालमा कार्यरत अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी करारका भएका प्रमुख चिकित्सक जितेन्द्र कँडेलले जानकारी दिए। “नौ चिकित्सक र सात स्टाफ नर्सले छ वार्ड चलाउनुपरेको छ”, उनले भने, “सबै दरबन्दीको पदपूर्ति नहुँदा कार्यरत चिकित्सक र नर्सलाई कार्यबोझ परेको छ ।”

- ADVERTISEMENT -

Advertisement

अस्पतालमा हाल स्थायी र करार दरबन्दीका विभिन्न पदमा १२३ चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मी छन् । दक्ष र आवश्यक जनशक्ति नहुँदा नियमितरूपमा सघन उपचार कक्ष (आइसीयू) सञ्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए। “आइसीयू कक्ष नियमितरूपमा सञ्चालन गर्नका लागि कम्तीमा एक/एक जना इन्टरनल मेडिसिन र बेहोस बनाउने चिकित्सक (एनएसथीसियोलोजिस्ट) आवश्यक पर्छ”, उनले भने, “अस्पतालमा हाल मौजुदामध्य थप छ जना चिकित्सक र १२ स्टाफ नर्स आवश्यक पर्छ ।”

सर्वसाधारणले समयमा सेवा नपाउने, भएका जनशक्तिलाई कामको बोझ हुने र जिल्ला बाहिर जानुपर्ने समस्या भएको स्थानीयवासी बालकृष्ण सुवेदीले बताए । गत आर्थिक वर्ष २०७७/७८ मा ३५ हजार १७४ जनालाई सेवा दिएको अस्पतालबाट २० जनाले डायलायसिस, १२३ वटा शल्यक्रियामार्फत गरिनेसहित ७३४ जनाले प्रसूति र २०३ जना कोरोना सङ्क्रमितको उपचार भएको छ । निर्माण व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्षसमेत रहेका रबि सिंहसमेत संलग्न महादेव–खिम्ती–गल्वा–रफिना जेभीले विसं २०७३ मङ्सिरमा रु १८ करोड ८४ लाखमा ठेक्का लिएको बेनी अस्पतालको भवन निर्माणकार्य एक वर्षयता अलपत्र छ । विसं २०७६ मङ्सिरमा सकिनुपर्ने चारतले तीनवटा भवन निर्माणको हालसम्मको भौतिक प्रगति ६० प्रतिशत रहेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङका प्रमुख प्रभाकरलाल कर्णले बताए। “विभिन्न चरणमा भएको लिखित र मौखिक प्रतिबद्धताअनुसार भवन निर्माणलाई गति दिन नसकेपछि ठेकेदारलाई कालोसूचीमा राख्ने प्रक्रिया थालेका छौँ”, उनले भने, “जमानी बसेको बैंकलाई पहिलो चरणको पत्र काटेका छौँ । अब पत्रिकामा सार्वजनिक सूचना जारी गर्छौँ ।”

- ADVERTISEMENT -

Advertisement

नयाँ भवन बनाउन पुरानो भत्काइएपछि बहिरङ्ग कक्ष अस्थायी भवन, आकस्मिक र अन्तरङ्ग कक्ष प्रशासनिक भवनबाट सञ्चालन भएको छ । स्वास्थ्य कार्यालयको भवनमा प्रशासन, व्यवस्थापन समितिको कार्यालय, डायलायसिस र आइसीयू कक्ष राखिएको अस्पतालको नयाँ भवन निर्माणलाई पूर्णता दिएर दरबन्दीअनुसारका जनशक्तिको व्यवस्थापनमा माथिल्लो निकायले वास्ता नगरेको व्यवस्थापन समितिका अध्यक्ष कटुवालले गुनासो गरे। -रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11