चितवन दिव्यनगरका ३३० जना माओवादीमा प्रवेश

0
59

–प्रमिला तामाङ
चितवन / चितवनको भरतपुर–२६ दिव्यनगरमा ३३० जना नेकपा माओवादीमा प्रवेश गरेका छन् । उनीहरु शनिबार एक कार्यक्रमका बीच पार्टी प्रवेश गरेको माओवादीका सक्रिय सदस्य बुद्धि तामाङले जानकारी दिए ।
उनका अनुसार पार्टी प्रवेश गरेका मध्ये ७५ जना आफ्नै कमाण्डमा भएको न्यूजप्रवाह डटकमलाई जानकारी दिए । पछिल्लो समय माओवादी पार्टीतर्फ जनताको लगाव र पार्टी प्रवेश दिनानु बढ्दै गएको उनको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले पार्टी प्रवेश गरेका नयाँ सदस्यहरुलाई टिका र खादा ओढाएर सम्मान गरेका थिए ।
प्रमुख अतिथि दाहालले दिव्यनगर पूरै उल्टिएर माओवादी भएको बताए । जनताको अपार साहश माओवादीतर्फ पैदा भएको प्रत्यक्ष देखेको उनको भने । दिव्यनगरबाट उर्लिएको यो जनमानसको पार्टी प्रवेशको सन्देश चितवन मात्र नभई विश्वभरि नै बलियो सन्देश भएको उनले जिकिर गरे । उनले पार्टीसँग जोडिएको नयाँ साथीहरुलाई हार्दिक स्वागत व्यक्त गरेका थिए ।


उनले सबैको योगदानले अब विकास निर्माणमा अझ गति लिने विश्वास लिने बताए । वर्षेनी बाढीको सन्त्रास रहेको नारायणी तटबन्धको समस्यालाई जसरी भएपनि बहुवर्षीय योजनामा लगेर मुक्त गर्ने उनको भनाइ थियो । उनले सुकुम्बासी समस्या यसै वर्षबाट लालापूर्जा वितरणको प्रक्रिया अगाडि बढाउने बताए ।