२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

चितवनमा एकीकृत प्रगतिशील इन्जिनियर समूहको परिचयात्मक कार्यक्रम

प्रकाशित मिति : २०७८ पुष २५ गते

–प्रमिला तामाङ
चितवन । नेपाल इन्जिनियर्स एशोसिएसनको आगामी माघ ७ गते हुने निर्वाचनलाई लक्षित गरी उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । एकीकृत प्रगतिशील इन्जिनियर समूह जिल्ला निर्वाचन परिचालन समिति चितवनको आयोजनामा उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम भरतपुरमा सम्पन्न भएको हो ।
भरतपुर महानगरपालिकाकी मेयर तथा प्रमुख अतिथि रेनु दाहालले दियो प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेकी हुन् । मेयर दाहालले माघ ७ गते हुने निर्वाचनका लागि अग्रिम सफलताको शुभकामना व्यक्त गरिन् ।
एशोसिएसनको ३३औँ केन्द्रीय कार्यकारिणी समिति र बागमती प्रदेशको दोस्रो कार्यकारिणी समितिको निर्वाचनका उम्मेदवारहरुले आफ्नो परिचयसँगै चुनावी घोषणापत्रसमेत सार्वजनिक गरेका थिए ।


नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको सुभेच्छुक इन्जिनियर्सहरुले एकीकृत प्रगतिशील इन्जिनियर्स समूह नामक चुनावी प्यानल बनाई निर्वाचनमा जान लागेका हुन् । सो प्यानलबाट केन्द्रीय सभापति र बागमती सभापतिको उम्मेदवारमा क्रमश डा. हरिराम पराजुली र गिरीधर मिश्र रहेका छन् ।
एशोसिएसनको केन्द्रीय उपाध्यक्षमा आ.न्हसला तुलाधर, महासचिवमा डा. शंकर ढकाल, उपमहासचिवमा डा. समित थापा, कोषाध्यक्षमा इ. श्याम नारायण चौधरी, सह कोषाध्यक्षमा इ. स्मिता भट्ट प्यानलबाट उम्मेदवार रहेका छन् । त्यस्तै बागमती प्रदेशतर्फ उपाध्यक्षमा इ. शिवप्रसाद भण्डारी, सचिवमा इ. अमरचन्द्र निराला, सह सचिवमा इ. कमल पोखरेल र कोषाध्यक्षमा इ. उमेशजंग थापा उम्मेदवार छन् । परिचयात्मक कार्यक्रममा केन्द्र र बागमती प्रदेशका विभिन्न पदका उम्मेदवारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम एकीकृत प्रगतिशील इन्जिनियर समूह चितवनका अध्यक्ष तथा भरतपुर महानगरपालिका वरिष्ठ ई. सूर्यप्रकाश लामाको सभापतित्वमा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51