२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

माघे सङ्क्रान्ति पर्व आज, देशैभर मनाइँदै

प्रकाशित मिति : २०७८ माघ १ गते
file photo.

काठमाण्डौ / देशैभर आज माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । आजदेखि उत्तरायण सुरु भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।
यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका ठाउँमा माघ स्नान गर्ने भक्तजनको भिड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।
बिहानै तीर्थस्थलमा गइ स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ ।
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो।
तरुल पुसको अन्तिम दिनमा पकाएर राखेर माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रुपमासमेत प्रयोग गरिन्छ ।आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले माघे सङ्क्रान्ति र माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै कोभिड–१९ महामारीको वर्तमान अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आ–आफ्नो स्वास्थ्यको ख्याल गरी पर्व मनाउन सबैमा आह्वान पनि गर्नुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20