२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

तामाङको सोनाम ल्होछार आज, देशभर सार्वजनिक बिदा

प्रकाशित मिति : २०७८ माघ १९ गते
Photo : newsprabah


चितवन । तामाङ समुदायको महान पर्व मञ्जुश्री २८५८औं ‘सोनाम ल्होछार’ पर्व चितवनलगायत आज देशैभर पूजापाठ गरी मनाइँदै छ । विश्वव्यापीमा रुपमा फैलिएको कोरोनाका कारण यसपटक तामाङ समुदायले सोनाम ल्होछार भव्यसँग नमनाउने भएको हो ।
तामाङ समुदायहरुले आज गुम्बामा पूजापाठ गर्दै बत्ती बाल्ने कार्यक्रम रहेको भरतपुर नगर तामाङ समाजका अध्यक्ष पासाङ तामाङले जानकारी दिए । अध्यक्ष तामाङका अनुसार हिजो गुम्बामा सीमित संख्यामा उपस्थिति भई लोखर पूजा (ग्रह फाल्ने) गरिएको हो ।
उनले आज न्यून संख्याको उपस्थितिमा शुभकामना आदानप्रदान कार्यक्रम गरिने बताए । नगरका सबै तामाङ समुदायलाई स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाई गुम्बामा भिडभाड नगरी पूजापाठ गर्न र यसपटकको ल्होछार पर्व घरमै मनाउन आग्रह गरेका छन् ।
चितवन जिल्लाकै ठूलो छेच्यु थर्पलिङ गुम्बा भोजाडमा वर्षेनी समाजले सोनाम ल्होछार पर्व भव्यताकासाथ मनाउँदै आइरहेको छ ।
यस्तै भरतपुर ११ लामाटोल स्थित विश्वशान्ति पञ्चशील बुद्ध गुम्बामा बत्ती बाल्ने कार्यक्रम रहेको अध्यक्ष शिवकुमारी लामाले बताइन् । जनस्वास्थ्यको सुरक्षालाई ख्याल गर्दै यो वर्ष गुम्बामा सामान्य पूजापाठ मात्र गरिने उनको भनाइ छ ।
उनका अनुसार सामाजिक दूरी तथा स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाई गुम्बामा सुरक्षित ढंगले पूजा गरिने रहेको छ । भक्तजनहरुलाई सामान्य चियापान तथा शुभकामना आदानप्रदान हुने अध्यक्ष लामाले जानकारी गराइन् ।


आज सार्वजनिक बिदा :
यस्तैगरी सरकारले सोनाम ल्होछारको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय मंगलबार नै गरेको हो । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् । हरेक वर्ष माघशुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु भएको छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । एसियाका अन्य कतिपय समुदायका क्यालेण्डरले जस्तै यो समुदायको क्यालेण्डरले पनि हरेक नयाँ वर्षलाई एउटा जीव जनावरको नाम दिने गरेको छ ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ किसिमका वर्ष हुन्छन् । तामाङ, गुरुङ, शेर्पा लगायत भाषामा ल्हो भनेको वर्ष र सार भनेको फेरिनु हो । ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको मानिन्छ ।
२८५७ वर्ष अघि मञ्जुश्रीले पन्चशीर्ष डाँडामा बसेर ८४ हजार ग्रन्थको धर्मदेशना गरेको ऐतिहासिक दिनबाट मञ्जुश्री संवत् सुरु भएको मान्दै ल्होछार मनाउन थालिएको जनविश्वास छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96