२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026
२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026 Monday

गठबन्धनकै बलमा प्रधानमन्त्री बनेकोले धोका दिन मिल्दैन : प्रम देउवा

प्रकाशित मिति : २०७९ बैशाख ४ गते
File photo.

काठमाडौँ / नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूलाई धोका दिन नमिल्ने बताएका छन् । शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति देउवाले कांग्रेस जिम्मेवार पार्टीको रुपमा परिचित रहेको भन्दै पार्टी र गठबन्धनको निर्णयअनुसार सहयात्री दलहरूलाई धोका दिन नमिल्ने बताएका हुन् ।
‘मैले त ओलीले संसद् विघटन गर्दा नै चुनावमा जाऔँ भनेकै हुँ । त्यो बेला सबैले गठबन्धन भनेर मलाई त्यस्ता लगेको हो । म पार्टीको निर्णयअनुसार नै गठबन्धनको नेतृत्वमा पुगेको हुँ,’ बैठकमा देउवाले बोलेको उदृत गर्दै सहमहामन्त्री किशोरसिंह राठोरले भने, ‘गठबन्धनको बलमा म प्रधानमन्त्री बनेको हुँ, अहिले चुनावको मुखमा धोका दिन मिल्दैन ।’
प्रधानमन्त्री देउवाले पार्टीले नै गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरिसकेको र आफूले त्यहीअनुसार गठबन्धन दलसँग सहमति गरेको भन्दै त्यसको कार्यान्वयन गर्न सबै दृढ भएर लाग्नुपर्ने बताएका थिए ।
सहमहामन्त्री राठोरले बैठकमा नेताहरूले फरक–फरक धारणा राखेपनि स्थानीय अवस्था र आवश्यकतामा आधारित गठबन्धन गरेर अघि बढ्नुपर्ने निष्कर्ष रहेको बताए ।
‘नेताहरूले स्थानीय अवस्थाअनुसार कुरा राख्नुभयो । तर, गठबन्धन नगर्ने भन्ने कुरा छैन । महानगरपालिका र उपमहानगरपालिकामा समेत गठबन्धन गरेर जानुपर्छ भन्ने नै हो,’ उनले भने, ‘तर गठबन्धन गर्दा स्थानीय साथीहरूको भावनालाई बुझेर नै अघि बढ्नुपर्छ ।’ सहमहामन्त्री राठोर देशभर गठबन्धनको तयारी भइरहेको र त्यहीअनुसार केही दिनभित्रै उम्मेदवारको टुंगो लाग्ने बताए ।
‘भरतपुरको मेयर अहिले माओवादी केन्द्रको छ । गठबन्धन भएपछि आफूले जितेर काम गरेको ठाउँमा माओवादीले पुनः दाबी गर्ने कुरा स्वभाविक हो,’ राठोरले भने, ‘तालमेल गरेर जाँदा भरतपुर फेरि पनि माओवादी केन्द्रको प्राथमिकतामा पर्न सक्छ । हामीले दिनुपर्ने अवस्था हुनसक्छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.31
178.00
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
194.66
195.43
Australian Dollar
1
108.91
109.34
Canadian Dollar
1
110.57
111.00
Singapore Dollar
1
119.39
119.86
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.60
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.05
10.09
Swedish Kroner
1
16.32
16.38
Danish Kroner
1
23.73
23.82
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.33
406.92
Omani Rial
1
397.43
398.99