चितवन / सत्ता साझेदार लोकतान्त्रिक–बाम गठबन्धन दलहरुले भरतपुर महानगरपालिकाको आगामी कार्यकालका लागि बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको लागि सम्युक्त प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । लोकतान्त्रिक बाम गठबन्धन, भरतपुर महानगरपालिका समितिको नामबाट मंगलबार भरतपुरमा एक विशेष कार्यक्रम गरि उक्त प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएको उक्त प्रतिवद्धतापत्रमा गठबन्धनको आवस्यकता र औचित्व, वितेको पाँच वर्षमा भरतपुर महानगरले गरेका कामको अभिलेखिकरण र आगामी कार्ययोजनाबारेमा प्रष्ट पारिएको छ । वितेको पाँच वर्षका उपलब्धी र आगामी कर्याकालको मूलबाटो बारेमा केन्द्रीय उक्त प्रतिवद्धता पत्रमा राजनीति र विकास लाई समेटिएको छ । रानीतिक र नीतिगत संकल्पसहितको उक्त प्रतिवद्धतापत्रमा राजनीतिक सहमति, सहकार्य, समन्वय र समझदारीको आधारलाई समेटेर अगाडिको लक्ष निर्धारण गर्ने, पक्ष–प्रतिपक्षको व्यवहार नहुने विकास र समृद्धिमा सबैसंग हातेमालो गरिने उल्लेख छ । प्रतिवद्धतापत्रमा लोकतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र मुलुकको समृद्धिका लागि आवधिक निर्वाचनको महत्वको बारेमा उल्लेख छ । निर्वाचनलाई महोत्सवको रुपमा मनाउन आम महानगरवासीमा अनुरोध गरिएको छ ।
प्रतिवद्धतापत्रमा महानगरले वितेको पाँच वर्षमा सडक स्तर उन्नती गरेको विषय उल्लेख छन् । पाँच वर्षका अवधिमा ६२२ किलोमिटर कालोपत्रे, महानगरिय चक्रपथ, लिंक रोड, वाइपास रोडको स्तर उन्नती, नारायणगढ गोन्द्राङ व्यूटिफिकेशन सहित छ लेन सडक निर्माण, भरतपुर मेघौली, चौविसकोठी गीतानगर जगतपुर सडकको स्तर उन्नतीको बारेमा उल्लेख छ । त्यस्तै गरि नारायणी तटबन्धनको लागि बजेट व्यवस्था, सिटीहल, लायन्सचोकमा बहुउद्धेश्यीय व्यवसायिक भवन निर्माणको थालनी, देवघाटमा आधुनिक दाहसंस्कार स्थल निर्माण, स्मार्ट सडक बत्ती परियोजना, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, प्रस्तावित भरतपुर विमानस्थल विस्तार, कोरिया सरकारको सहकार्यमा फोहर व्यवस्थापन, पर्यटकीय सम्भावना क्षेत्रको खोजी, नारायणी नदी किनारलाई समुन्द्री किनार जस्तै विकास गर्नेलगायतका विभिन्न परियोजनाको विषयलाई जोडेर केही काम सम्पन्न हुने अवस्थामा रहेका केही शुरु भएका र केही शुुरु हुने तयारीमा रहेको उल्लेख गरिएको छ ।
प्रतिवद्धतामा महिलासँग जोडिएका विषयहरुलाई जरै देखि उठान गरिएको छ र नारामै महिला संग जोडिएको हाम्रो वाचा ः सुरक्षा र सम्मानको प्रत्याभूति, उद्यमशीलताको ग्यारेन्टी भनेर उल्लेख गरिएको छ । महानगरले भूमिहीनहरुको पक्षमा गर्दै आएका काम र हाल सम्मको उपलब्धीका बारेमा उल्लेख गरिएको उक्त प्रतिवद्धतापत्रमा भूमिहीनसँग हाम्रो संकल्प ः हरेकको आफ्नै घर हुनेछ, सबैको साझा शहर भन्ने नारानै बनाइएको छ ।
महानगरको विकासमा वितेको पाँच वर्ष के कस्ता कामहरु भए, के काम पुरा गर्न बाँकी छन् ? प्रतिवद्धतापत्रमा त्यसको फेरहिस्ते बर्णन मात्र गरिएका छैनन् । व्यवस्था परिवर्तनसँगै नागरिकको जीवनमा तात्विक परिवर्तन हुन नसकेको यथार्थ चित्रण गर्दै जनमतको कदर र सुशासनको प्रत्याभूतिका लागि अठोट गरिएको छ । प्रतिवद्धतापत्रमा सहमति र सहकार्यको संस्कृति विकास आफुहरुको लक्ष्य रहेको उल्लेख छ ।
कृषि क्षेत्रमा वितेको पाँच वर्षमा के उपलब्धीहरु भए ? महानगरले कृषक संग जोडिएर गरेका काम समेत लाई समेटेर महानगरको समृद्धि संग कृषिलाई जोड्ने विषयमा कृषिमा व्यवसायिककरण, औद्योगिकीकरण, विविधिकरण र आधुनिकीकरणलाई प्रोत्साहनको लागि विशेष जोड दिने प्रतिवद्धतापत्रमा उल्लेख छ । कृषिको विशिष्टिकरणसंगै प्रतिवद्धता पत्रमा कृषकसँग हाम्रो प्रतिवद्धता ः किसान पेन्सन, बिऊ देखि ढुवानीसम्म अनुदान, उद्यमीसँग हाम्रो वाचा ः ‘मेड इन भरतपुर’ को ब्रान्डिङ र बजारीकरण, एक वडा, एक उत्पादन, एक उद्यम भन्ने संकल्प गरिएको छ ।
जेष्ठ नागरिकमा निहीत सीप, ज्ञान, कौसलता र अनुभव शेयर गर्ने विषय संगै ज्येष्ठ नागरिकसँग हाम्रो संकल्प ः घरमै स्वास्थ्यसेवा, विशेष भत्ता र विशेष संरक्षण भन्ने नारा प्रतिवद्धतापत्रमा समेटिएको छ ।
महानगरको समृद्धि संग जोडिएको दक्ष जनशक्ति, पर्यटन कृषि र औद्योगिकीकरणलाई मध्यनजर गर्दै प्रतिवद्धतापत्रमा व्यवसायीसँग हाम्रो अठोट ः देशमै सबैभन्दा राम्रो, व्यावसायिक वातावरण भन्ने नारा समेत समेटिएको छ । प्रतिवद्धतापत्रमा उपलब्ध स्रोतसाधनको अधिकतम अधिकतम परिचालन, प्राकृति संरक्षणमा जोड दिंदै प्राकृतिक स्रोत साधनको उपभोग, सार्वजनिक नीजि र सहकारी क्षेत्रको सहभागीतालाई प्राथमिकतामा राखिएको छ ।
स्वास्थ्य क्षेत्रमा हरेक वडामा अस्पताल, स्वास्थ्य क्षेत्रमा समाजवादको नारा प्रतिवद्धता पत्रमा छ ।
विद्यार्थीसँग हाम्रो वाचा ः निःशुल्क इन्टरनेट, गुणस्तरीय शिक्षाको ग्यारेन्टी प्रतिवद्धतामा गरिएको छ । युवालाई रोजगारीमा जोडने सहरलाई वेरोजगारमुक्त बनाउने प्रतिवद्धता उक्त संकल्पमा गरिएको छ । र नारानै तय गरिएको छ युवाहरुसँग हाम्रो प्रतिवद्धता ः रोजगारी र स्वउद्यमको प्रत्याभूति ।
देश विदेशका भागिनी सम्मबन्धको विकास, फोहर व्यवस्थापन, आयातित उर्जाको खपत क मगर्न विद्युतीय चुल्हो अनुदान, सञ्चार माध्यम र पत्रकारहरुको लागि विशेष कार्यक्रम प्रतिवद्धता पत्रमा उल्लेख गरिएका छन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा –एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहित पाँच दलको गठबन्धन रहेको उक्त साझा प्रतिवद्धता पत्रको अन्त्यमा लेखिएको छ । ‘जनादेश कुल्चिनेलाई खबरदारी, लोकतन्त्रका रक्षकलाई जिम्मेवारी भरतपुरको विकासका लागि गठबन्धनको छैन विकल्प एसियाकै नमुना महानगर हाम्रो साझा संकल्प ।’
सोही कार्यक्रममा सत्तागठबन्धनमा रहेका पाँच दलको तर्फबाट चितवनको समग्र घोषणापत्र पनि जारी गरिएको थियो । उक्त घोषणापत्रमा स्वास्थ्य, शिक्षा, रोजगारीलाई प्राथमिकतामा राखिएको छ ।
नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल प्रमुख अतिथि रहेको उपसभापति शालिग्राम पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्लाको घोषणापत्र पौडेल आफैले बाचन गरेका थिए ।
- ADVERTISEMENT -

चितवनमा पाँच दलिय गठबन्धनको प्रतिवद्धतापत्र सार्वजनिक

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51











