२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

नेपालमा डलर खाता खोल्न विदेशमा बस्ने नेपालीको छैन चासो

प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते
File photo.

अमेरिका / नेपालमा विदेशी मुद्राको अभाव टार्न विदेशमा वस्ने नेपालीका लागि अमेरिकी डलरमा खाता खोल्न अभिपे्ररित गर्ने उद्देश्यले विभिन्न प्रावधान ल्याए पनि असफल भएको छ ।
विदेशमा वस्ने नेपालीले नेपाली बैंकमा डलर खाता खोल्न चासो नै नदेखाएको राष्ट्र बैंक सम्वद्ध वरिष्ठ अधिकारीले बताए ।
डलर खाता खोल्न अभिप्रेरित गर्ने उद्देश्यले सरकार र राष्ट्र बैंकले गैर आवासीय नेपाली संघ (एनआरएनए)संग मिलेर तीन पटक छलफल कार्यक्रम समेत आयोजना गरेका थिए ।
भर्चुयल मार्फत भएका यस्ता छलफलमा अर्थमन्त्री, अर्थसचिव राष्ट्र बैंकका वरिष्ठ अधिकारी, एनआरएनएका अध्यक्ष लगायत पदाधिकारीहरु समेतको सहभागिता थियो । तर, यो छलफल भाषण गर्ने र सुनाउने वाहेक कुनै उपलव्धिपुर्ण नभएको अर्थमन्त्रालयका अधिकारीले वताए ।
यसवाट अर्थमन्त्रालयले एनआरएनएको प्रभावको समेत मूल्यांकन गर्न थालेको छ । विवादै विवादमा फसेको एनआरएनए प्रति अहिले विदेशमा वस्ने नेपालीले चासो देखाउन छाडेका छन् । तीन अध्यक्ष कयौं पदाधिकारी भएको वर्तमान कार्यसमितिले पनि ठोस काम गर्न सकेको छैन । संस्था भित्र जटिलता थपिंदै गएका छन् ।
उच्च आयातका कारण नेपाललाई अहिले पहिलेको भन्दा वढी विदेशी मुद्रा चाहिएको छ । नेपालको विदेशी मुद्राको संचिति मुख्य रुपमा डलरमा छ । नेपालमा थप अमेरिकी डलर भित्राउन सकिन्छ कि भन्ने उद्देश्यले सरकार र राष्ट्र बैंकले एनआरएनए मार्फत डलर खाता खोल्न अभिप्ररित गर्न सकिन्छ कि भन्ने सोचेको थियो । तर, यो भएन ।
हाल नेपालमा बार्षिक करिव यो आर्थिक बर्षको नौ महिनामा नेपालमा ७२४ अर्व ७४ करोड रुपैंया रेमिट्यान्सका रुपमा भित्रिएको छ । यस मध्ये अधिकांश पैसा दैनिक उपभोगमा जाने गरेको छ ।
नेपालमा डलर खाता खोलेर वचत गर्दा पाउने व्याजदर आकर्षक छैन । विदेशवाट नेपालमा पैसा लंैजाँदा र ल्याउंदा पनि केही केही पर्छ । विदेशमा वसेर उद्योग व्यवसाय गरेका नेपालीहरु पनि छन् । तर, उनीहरु पैसा वचत खातामा राखेर व्याज खानेभन्दा पनि लगानी नै गर्न चाहन्छन् । त्यही भएर डलर खाता नखोलिएको हो ।
एनआरएनए भित्र के गर्दा अहिले भन्दा वढी डलर पठाउन सकिन्छ भन्ने कुनै अध्ययन र जानकारी छैन । न त सरकारले नै विदेशमा वस्ने नेपालीवाट कसरी वढी रेमिट्यान्स प्राप्त गर्न सकिन्छ भन्ने योजना नै वनाएको छ । खाली कर्मकाण्डी रुपमा विदेशमा वस्ने नेपालाीको डलर खाताका विषयमा छलफल गरिएका थिए ।
नेपालमा अमेरिकी डलरको माग वढ्दै गएकाले यसलाई वढाउन केही न केही नगरी नहुने अवस्था छ । (हिमालयखबरबाट)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20