२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

चितवनमा ‘सुपर डान्सर नेपाल’ को अडिसन, ३ सय बढीको सहभागिता

प्रकाशित मिति : २०७९ जेष्ठ २१ गते


चितवन । भारतको चर्चित रियालिटी शो सुपर डान्सर इन्डियाको फ्रेन्चाइज कार्यक्रम ‘सुपर डान्सर नेपाल’को अडिसन चितवनमा हुने भएको छ । भरतपुरस्थित स्टेप बाइ स्टेप स्कुलमा पर्सि सोमबार (जेठ २३ गते) ‘सुपर डान्सर नेपाल’को अडिसन हुने नृत्य निर्देशक संघ नेपाल (डिड्यान) चितवनका अध्यक्ष रेनु तामाङले जानकारी दिइन् ।
‘सुपर डान्स नेपाल’ एडी रिलिज र डान्स सिजन–२ का उपविजेता वाइल्ड रिप्रेज क्र्युको संयुक्त आयोजनामा काठमाडौंमा हुन लागेको हो । उक्त कार्यक्रममा जन्मदर्ताको आधारमा ४ वर्षदेखि १४ वर्षका बालबालिकाहरुले सहभागिता जनाउन सकिने अध्यक्ष तामाङले बताइन् ।
उनका अनुसार जिल्लामा छनोट भएका सबै प्रतिस्पर्धीहरुलाई काठमाडौं टिभी राउण्डमा लैजाने र बस्ने, खाने सबै आयोजकले उपलब्ध गराउने छ । आज शनिबारसम्म २ सय ५० जनाले फर्म भरिसकेको र ३ सय बढी बालबालिका सहभागी हुने अनुमान गरिएको छ ।
नेपाल अधिराज्यभर ६ ठाउँमा (पोखरा, इटहरि, हेटौंडा, बुटवल, नेपालगंज र काठमाडौं) हुने अडिसन जेठ २३ गते एकै दिन चितवन र बुटवलमा हुँदैछ । डिड्यानको शाखा हेटौंडामा स्थापना नभएकोले चितवनलाई केन्द्र बनाएर अडिसन हुन लागेको अध्यक्ष तामाङले भनिन् । जिल्ला चितवन मुख्य अडिसन क्षेत्र रहेको र मनहरि, हेटौंडा, नवलपुरका सबै बालबालिकाहरुले भाग लिन पाउने छन् ।
नृत्य निर्देशक संघ नेपाल चितवनको सहयोगमा उक्त अडिसन कार्यक्रम हुन लागेको हो भने कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुँदैछ । कार्यक्रममा आफ्ना बालबालिकाहरुलाई सहभागी गराई प्रतिभा प्रदर्शन गर्न र यस अमूल्य अवसरका लागि सहयोग गरी दिनुहुन सबै अभिभावकहरुलाई उनले आग्रह गरेकी छिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20