चितवन / भरतपुर महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष यमनाथ कंडेलले आदिवासी, जनजाति, एकल महिला लगायतका कार्यक्रमलाई जनताको माग अनुसार अघि बढाइने बताए ।
स्थानीय तह निर्वाचन सत्ता गठबन्धन नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका वडाध्यक्ष कंडेलले भावी दिनमा आदिवासी, जनजाति, एकल महिला, वातावरण र शिक्षा लगायतका कार्यक्रमलाई जनताको माग अनुसार अघि बढाइने बताएका हुन् ।
उनले रोजमूलक कार्यक्रम, आर्थिक रुपमा विपन्न भएकालाई आर्थिक समुन्नततर्फ विशेष ध्यान दिने आश्वासन दिएका छन् । बालबालिकाको क्षेत्र, टोलविकास संस्था, बुद्धिजीवी सर्कल सबैको माग अनुसार प्राथमिकताको आधारमा काम गर्दै लैजाने उनको भनाइ छ ।
यस वडामा कम्पनी र फैक्ट्रीहरु बढी भएकोले वातावरण प्रदूषण बढेको र यसको न्यूनीकरणमा जोड दिइने उनले भने । उनका अनुसार विद्युत व्यवस्थापन, पोल, ट्रान्समिटरको कमी जस्ता पूर्वाधारको क्षेत्रमा पनि छिट्टै नै पहल गरिने छ ।
यस्तै खानेपानीको ठूलो समस्या र डुबान क्षेत्र भएकोले ढल र नालीको काम पनि सँगसँगै निर्माण सम्पन्न गर्दै लैजाने बताएको छ । यसअघि पनि वडा नं. ९ मा वडाध्यक्ष भइसकेका वडाध्यक्ष कंडेलले हिजोका बाँकी रहेका कार्यक्रमलाई निरन्तरता र पूर्णता दिने पनि उनले प्रतिबद्धता व्यक्त गरे ।
उनले वडामा निर्वाचित भएसँगै पहिलो बैठकबाट वडाका स्थायी वासिन्दाका बालबालिकालाई कक्षा १ मा भर्ना सँगसँगै पुस्तक, पोशाक, जुत्ता, झोलासहितको स्टेशनरी निःशुल्क वितरण गरिने निर्णय गरेको छ ।
वडा नं. ९ मा पर्ने चितवन मा.वि, भरतपुर मा.वि. शरदपुर मा.वि., नारायणी मावि लगायतका वडा नं. ९ मा वरिपरि पर्ने कक्षा १ मा भर्ना हुने सबै विद्यार्थीहरुलाई निःशुल्क गरिएको जानकारी दिए ।
- ADVERTISEMENT -

वडाध्यक्ष कंडेलले भने – आदिवासी, जनजाति र एकल महिलाको कार्यक्रमलाई प्राथमिकता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.19
151.79

European Euro
1
173.14
173.83

UK Pound Sterling
1
200.14
200.93

Swiss Franc
1
187.02
187.77

Australian Dollar
1
105.85
106.27

Canadian Dollar
1
106.65
107.07

Singapore Dollar
1
116.91
117.38

Japanese Yen
10
9.35
9.38

Chinese Yuan
1
22.32
22.41

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.63

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.16
41.33

Malaysian Ringgit
1
36.44
36.58

South Korean Won
100
9.83
9.87

Swedish Kroner
1
15.74
15.81

Danish Kroner
1
23.16
23.26

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
491.44
493.39

Bahrain Dinar
1
401.05
402.64

Omani Rial
1
392.72
394.28











