२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

एमालले मूल्यवृद्धि, मल र पुस्तक अभावविरुद्ध जनसंगठनलाई आन्दोलनमा उतार्ने

प्रकाशित मिति : २०७९ असार ९ गते

काठमाडौं / प्रमुख विपक्षी नेकपा एमालेले अस्वाभाविक मूल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता जनसरोकारका मुद्दा उठाउँदै सम्बन्धित जनवर्गीय संगठनहरूलाई सडक आन्दोलनमा उतार्ने भएको छ ।
एमाले जनसंगठन समन्वय संयन्त्रको बिहीबार पार्टी कार्यालयमा बसेको बैठकले जनताको दैनिक समस्या विकरल बन्दै गएकाले सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय गरेको संयन्त्रकी सहसंयोजक रचना खड्काले बताइन् । विशेषगरी एमालेले सरकार छाडेको एक वर्षभित्रमा मूल्यवृद्धि तेब्बरसम्म भएको र सर्वसाधारण बाँच्नसमेत नसक्ने अवस्था आएकाले आन्दोलनमा जानुको विकल्प नरहेको एमालेको ठहर छ ।
एमालेका २२ वटा जनसंगठनका प्रमुखहरूसहितको बैठकले मुद्दा अनुसार संयुक्त आन्दोलन वा सम्बन्धित संगठनले एकल आन्दोलन गर्ने निर्णय भएको खड्काले जानकारी दिइन् । तत्कालै मुल्यवृद्धि, किसानले मल नपाएको तथा विद्यार्थीले पाठ्यपुस्तक नपाएको विषयमा आन्दोलन सुरू हुने भएको छ । त्यस्तै राष्ट्रियताको मुद्दामा समेत सरकार आत्मसमर्पणवादी भएकाले खबरदारी गर्नुपर्ने भएको एमाले नेता भानुभक्त ढकालले बताए ।
बैठकमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेता सहभागी थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.19
151.79
European Euro
1
173.14
173.83
UK Pound Sterling
1
200.14
200.93
Swiss Franc
1
187.02
187.77
Australian Dollar
1
105.85
106.27
Canadian Dollar
1
106.65
107.07
Singapore Dollar
1
116.91
117.38
Japanese Yen
10
9.35
9.38
Chinese Yuan
1
22.32
22.41
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.63
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.16
41.33
Malaysian Ringgit
1
36.44
36.58
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.74
15.81
Danish Kroner
1
23.16
23.26
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
491.44
493.39
Bahrain Dinar
1
401.05
402.64
Omani Rial
1
392.72
394.28