चितवन । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरले सञ्चालन गरेको अभियान प्रभावकारी बन्दै गएको छ । तत्कालीन समयमा बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय हुँदा सञ्चालनमा ल्याइएको “जस आउँछ” अभियानले प्रहरीभित्रको सुदृढीकरण र व्यावसायिक प्रहरी बनाउन सहयोग गरेको सो कार्यालयको भनाइ छ ।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरका अनुसार जग्गा प्राप्ति तथा भौतिक निर्माण, सवारी दुर्घटना न्यूनीकरण, आर्थिक शुद्धिकरण, उन्नत् व्यवहार र छलफल गरी प्रहरीलाई व्यावसायिक बनाउन यो अभियान सञ्चालनमा ल्याइएको हो । बागमती प्रदेशमा रहेका काठमाडौँ, भक्तपुर र ललितपुर बाहेकका जिल्लामा यो अभियान सञ्चालनमा ल्याइएको छ । अभियानका क्रममा कार्यालयले रामनगरमा सतनचुली सामुदायिक वनको १० कठ्ठा जग्गा प्राप्ति गरेको छ ।
यस्तै सिन्धुलीको दूधौली र काभ्रेमा कार्यालय स्थापनाका लागि जग्गा प्राप्ति भएको उहाँले जानकारी दिनुभयो । नेपाल सरकार मन्त्रिपरिषद्को यही असार २१ गतेको निर्णयले रामनगरमा जग्गा उपलव्ध गराएको हो । सरकारको निर्णयसँगै कार्यालयले अस्थायी संरचना निर्माणको काम सुरु गरेको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि हरेक जिल्लामा छड्ेक तथा नियमित जाँच, कारबाही, चालक र यात्रुसँग ५÷५ मिनेट, चालक र सहचालकको स्वास्थ्य परीक्षण, सवारी साधनको यान्त्रिक परीक्षण गर्दै आएको छ । विद्यालयमा ट्राफिक सचेतना कक्षा सञ्चालन, सरोकारवाला निकायसँग मिली ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतनामुलक होर्डिङबोड, सिसिटिभी जडान जस्ता कार्य सम्पन्न गरिएको कार्यालयले जनाएको छ ।
अभियानका क्रममा हालसम्म एक हजार ९७० जना चालक र सहचालकको स्वास्थ्य परीक्षण गरिएकोमा ६२२ जनाको आँखामा समस्या देखिएको थियो । जसमध्ये ४५७ जनामा उच्च रक्तचाप तथा मधुमेहको समस्या देखिएको छ ।
यस्तै सवारी साधनको यान्त्रिक परीक्षणका क्रममा अवस्था ठिक नभएका एक हजार ८२३ वटा सवारी साधनलाई कारबाही गरिएको छ । गत फागुनबाट सुरु गरिएको अभियानका क्रममा दुर्घटना न्यूनीकरणका लागि तीन हजार २२४ पटक सचेतना कार्यक्रम गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
सो क्रममा तीन लाख ६ हजार ८३८ जनालाई ट्राफिक सचेतना कार्यक्रममा सहभागी गराइएको छ । राठौरका अनुसार आर्थिक शुद्धिकरण अभियान अन्तर्गत १२ जना प्रहरीलाई कारबाही गरिएको छ भने एक सवारी चालकलाई पक्राउ गरिएको छ । ट्राफिक प्रहरीलाई घुस दिने एक जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बुझाइएको उहाँले जानकारी दिनुभयो ।
शून्य सहनशीलता कायम गर्न प्रहरीलाई प्रहरीकै निगरानीमा राखिएको छ । सादा पोसाकमा रहेका प्रहरीलाई यात्रु वा चालकको रुपमा पठाएर कर्मचारीको बारेमा जानकारी लिइने गरेको उहाँले बताउनुभयो । आर्थिक शुद्धिकरण अभियानका क्रममा प्रहरी कर्मचारीसँग महिनाको एक पटक छलफल गरी उनीहरुको समस्याबारे जानकारी लिने गरिएको छ ।
ट्राफिक व्यवस्थापनका क्रममा प्रहरीले यात्रु र पीडित पक्षलाई गर्ने व्यवहारमा परिवर्तन ल्याउनका लागि उन्नत व्यवहार कार्य सुरु गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो “राम्रो मीठो बोलेर पनि सहजीकरण गर्न सकिन्छ ।” दुर्घटना वा अन्य कारणले भएको समस्या समाधानका क्रममा ट्राफिक प्रहरीले राम्रो व्यवहार गर्न सके आम जनमानसले प्रहरीप्रति गर्ने व्यवहारमा परिवर्तन आउने उहाँको बुझाइ छ ।
छलफलबाट हरेक समस्याको समाधान निस्कन सक्ने भएकाले प्रहरीलाई यस तर्फसमेत केन्द्रित गराइएको कार्यालयले जनाएको छ । विशेष गरी समाजमा हुने अपराध र दुर्घटना न्यूनीकरणका लागि छलफल आवश्यक रहेको उहाँले बताउनुभयो । छलफलबाट दिइएका सुझावलाई कार्यान्वयन गर्दै जाँदा समाजमा अपराध र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वासका साथ यस अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
सवारी दुर्घटना बढी हुनुमा मुख्य चार कारण रहेको कार्यालयले जनाएको छ । जसमा मानवीय कारण, सडकको अवस्था, यान्त्रिक कारण, वातावरणीय कारण रहेका छन् ।
मानवीय कारण अन्तर्गत चालकको लापरबाही, तीव्र गति, मादकपदार्थ सेवन, ओभरटेक, ओभर लोड, मोबाइल फोनको प्रयोग, सवारी नियम उल्लङ्घन र यात्रुको गल्ती रहेको छ । सडकको अवस्थामा घुम्ती मोड, उकालो÷ओलारो, सडक निर्माण कार्य, खाल्डाखुल्डी, जीर्ण सडक मापदण्ड विपरीत सडक, साँघुरो सडक रहेका छन् ।
यान्त्रिक गडबढी, सवारीको अवस्था ठीक नहुनु, ब्रेक नलाग्नु, बत्ती नबल्नुका कारण पनि दुर्घटना हुने गरेको छ । यस्तै हुस्सु, बाढीपहिरो, वर्षा, आँधीबेहरीका कारणलेसमेत दुर्घटना हुने गरेको राठौंरले बताउनुभयो ।
पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्ने हो भने मुख्य राजमार्गमा सवारी दुर्घटना बढी भएको पाइन्छ । चालू आर्थिक वर्षमा एक हजार तीन सवारी दुर्घटना मुख्य राजमार्गमा भएका छन् भने ग्रामीण सडकमा ४८६ र सहरी सडकमा ८७ दुर्घटना भएका छन् ।
यस्तै गत आर्थिक वर्षमा ९३१ सवारी दुर्घटना मुख्य राजमार्गमा भएको छ । यस्तै आर्थिक वर्ष २०७६/७७ मा ४९२ दुर्घटना मुख्य राजमार्गमा भएका थिए । मुख्य राजमार्गदेखि ग्रामीण सडकसम्म हुने दुर्घटना न्यूनीकरणका लागि यो अभियान प्रभावकारी बनेको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो । -रासस
- ADVERTISEMENT -

दुर्घटना न्यूनीकरणका लागि संचालित अभियान प्रभावकारी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.19
151.79

European Euro
1
173.14
173.83

UK Pound Sterling
1
200.14
200.93

Swiss Franc
1
187.02
187.77

Australian Dollar
1
105.85
106.27

Canadian Dollar
1
106.65
107.07

Singapore Dollar
1
116.91
117.38

Japanese Yen
10
9.35
9.38

Chinese Yuan
1
22.32
22.41

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.63

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.16
41.33

Malaysian Ringgit
1
36.44
36.58

South Korean Won
100
9.83
9.87

Swedish Kroner
1
15.74
15.81

Danish Kroner
1
23.16
23.26

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
491.44
493.39

Bahrain Dinar
1
401.05
402.64

Omani Rial
1
392.72
394.28











