२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बुबाको हत्या दाइले गरेपछि १७ वर्षीया रमिताको बिचल्ली

प्रकाशित मिति : २०७९ श्रावण १३ गते
File photo.

बैतडी / बैतडीमा दाइले बुबाको हत्या गरेपछि एक किशोरीको विचल्ली भएको छ । डिलाशैनी गाउँपालिका–५ सेराका २४ वर्षीय लोकेन्द्र जोशीले शुक्रबार बिहान ५ बजे आफ्नै ६८ वर्षीय बुबा अन्तराम जोशीको बन्चरो प्रहार गरी हत्या गरे ।
बुबाको हत्या गरेका दाइ जेल जाने निश्चित भएसँगै १७ वर्षीया किशोरी रमिता बिचल्लीमा परेकी हुन् । रमिताकी आमाको १३ वर्षअघि नै मृत्यु भएको थियो ।
‘म चार वर्षकी छँदा आमाको मृत्यु भयो । बुवा, दाइ र म मात्र घरमा बस्थ्यौँ । अहिले दाइले नै बुबाको हत्या गरेपछि म एक्ली भएँ । मेरो कोही छैन,’ रमिताले भनिन् ।
चुहिने छानो भएको एक कोठाको घरमा बस्ने रमिताले अहिले कक्षा १२ को परीक्षा दिएकी छन् । उनको घर गाउँकै सबैभन्दा विपन्न परिवारमा पर्छ ।
लोकेन्द्रलाई डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोष जोशीका बुबा प्रदीपले लघु उद्यम सहजकर्ताको १८ महिने कोर्ष गराउन आर्थिक सहयोग गरेका थिए । तर, उनले उक्त कोर्ष पास गर्न सकेनन् । रमिताले भनिन्, ‘इडीएफ कोर्षमा पनि फेल भएको दाइले एसर्ईई पनि पास गर्न सकेका थिएनन् ।
दुई वर्ष भारत गएर ९ हजार रुपयाँ मात्रै पठाए, त्यो पैसाले गाई किन्याँै । त्यसबाहेक दाइको कमाई नै थिएन । हाम्रो सहारा बुवा मात्रै हुनुहुन्थ्यो । बुबालाई पनि दाइले हत्या गर्नु भयो । म एक्लै भएँ, अब म के गरौँ ? कहाँ जाउँ ? मेरो सहारा कोही छैन् ।’
यसरी भयो घटना
अन्तराम जोशी बिहानै ५ बजे उठेर आँगनमा मोही पार्ने पारो धोइरहेका थिए । यसैबेला बन्चरोसहित ढोकाबाट बाहिर निस्केका छोरा लोकेन्द्रले बुबामाथि बन्चरो प्रहार गरे । पहिलो चोट लागेपछि पानी खोज्न गएका अन्न्तरामलाई पाँचपटक बन्चरो प्रहार गरे लोकेन्द्रले । लोकेन्द्रको बन्चरो प्रहारबाट अन्तरामको मृत्यु भयो ।
बुवाको हत्यापछि लोकेन्द्र धारातर्फ गएका थिए । धारामा भेटिएका गाउँलेलाई आफूले बुबाको हत्या गरेको बताए । त्यसपछि गाउँलेले प्रहरीलाई खबर गरे । ‘मैले केही समय अघिदेखि नै मार्ने योजना बनाएको हुँ । आज मात्रै मौका मिल्यो । मेरो नजरमा चारजना अरु पनि छन् । मैले घटना स्वीकार गरिसकेकाले एक वर्ष पनि जेल बस्दिन होला । मेरो खानामा थुक्ने, मलाई गाली गर्ने भएका कारण बुबा मारेको हुँ,’ लोकेन्द्रले भने ।
आफु मृतक अन्तरामको छोरा समेत नभएको लोकेन्द्र बताउँछन् । ‘मलाई उसले (अन्तराम) पालेको मात्रै हो । म उसको छोरा नै होइन,’ उनले भने । यसअघि नै १०–१२ पटक बुबाको हत्या गर्न खोजेको उनको भनाइ छ ।
लोकेन्द्रले अन्तराम आफ्नो बुबा नभएको बताए पनि उनी छोरा भएको आफन्त बताउँछन् । स्थानीयवासीका अनुसार मृतकका दुई छोरी र एक छोरा छन् । जेठी छोरी राजमतीको विवाह भइसकेको छ भने कान्छी छोरी रमिता अविवाहित छिन् । राजमतीको घर महेन्द्रनगरमा छ ।
बुबाको हत्या गर्नु केही दिन अघिदेर्खिे लोकेन्द्र कसैसँग नबोल्ने गरेको स्थानीयवासीको भनाइ छ । हत्याका अभियुक्तलाई कानुनअनुसार कारवाही हुने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले बताए ।
डिलाशैनी गाउँपालिकाभरिका टुहुरा बालबालिकाका लागि नीति निर्माण गरि टुहुरा बालबालिका लक्षित कार्यक्रम ल्याउने गाउँपालिका अध्यक्ष सन्तोश जोशीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34