चितवन / कालिका एफएमको गौरवमय २० औँ वार्षिकोत्सवका कार्यक्रमहरु सुरु भएको छन् । देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको देवघाट समाज कल्याण वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरुलाई सम्मान गरी वार्षिकोत्सवका कार्यक्रमहरु सुरु भएको हो । पहिलो कार्यक्रम अन्तर्गत आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई फलफूल, विहानी खाजा र विहानी खाना खुवाइएको हो ।
धार्मिक गीत–संगीत तथा प्रवचन सुन्न सहजताका लागि साउण्ड सिष्टम समेत सहयोग गरिएको छ । कालिका एफएमका निर्देशक दिपक पौडेलले ज्येष्ठ नागरिकहरुलाई राज्यले उचित पालनपोषण गर्न प्रयाप्त योजना तथा बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । उहाँले ज्ेयेष्ठ नागरिकहरुको सबै खाले उपचार निःशुल्क गर्ने नीति राज्यले ल्याउनुपर्ने बताउनुभयो । ज्येष्ठ नागरिकहरु ज्ञान, सीप र अनुभवको स्रोत भएकाले तीन तहकै सरकारले विशेष कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो ।
कालिका एफएमले सुरुवाती वार्षिकोत्सवदेखिनै वर्षेनी देवघाटधामबाटै वार्षिकोत्सव कार्यक्रमहरु शुभारम्भ गर्दै आइरहेको छ । ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले कालिका एफएमका सामाजिक कामहरु प्रशंसनीय रहेको बताउनुभयो । असल सञ्चारमाध्यमका रुपमा छवि बनाएको कालिका एफएमले देवघाटको धार्मिक पर्यटन प्रर्वद्धनमा समेत उल्लेख्य योगदान गरेको बताउनुभयो ।
देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरुङले कालिका एफएमको दुई दशक सम्झनलायक र प्रशंसा गर्न लायक रहेको बताउनुभयो । कला, संस्कृति जगेर्नादेखि समस्या उजागर गर्दै राज्यको ध्नाकर्षण गराउन कालिका एफएमको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । देवघाट–५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले कालिका एफएम समजप्रतिको उत्तरदायी रहदै अनुकरण गर्न योग्य सञ्चारकर्म गर्दै आइरहेको बताउनुभयो ।
कालिका एफएमका बरिष्ठ कार्यक्रम प्रस्तोता सनत अञ्जामले कालिका एफएम समाजकै दर्पणका रुपमा सधै जनताकै पक्षमा बोलिरहने बताउनुभयो । कालिका एफएम यही असोज २६ गते २१ वर्षमा प्रवेश गर्दैछ । २०५९ असोज २६ गते स्थापना भएको कालिका एफएमसँगै २०६४ देखि सांगितीक रेडियो कालिका ९१ मेघाहर्ज, २०७० देखि कालिका एचडी टेलिभिजन सञ्चालनमा छन् ।
- ADVERTISEMENT -

देवघाटधामका ज्येष्ठ नागरिकलाई कालिका एफएमको सम्मान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51











