२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

६० वर्षीया महिलाको हत्या आरोपमा भारतीय नागरिक पक्राउ

प्रकाशित मिति : २०७९ पुष १९ गते
file photo.

अर्घाखाँची / अर्घाखाँचीमा एक जनाको हत्या गर्ने एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक सुशान्त सिंह रहेका छन् ।
उनलाई सुनका गहना लुट्नकै लागि अर्घाखाँचीको शीतगंगा नगरपालिका–१० सिद्धारा बोखरमा एक ६० वर्षीया राधा थापाको आइतबार बिहान हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, घर नजिकैको खोल्सीमा बिहान करिब १० बजेतिर थापाको शव फेला परेको थियो । घटनाको जानकारी पाउनासाथ उद्धार र अनुसन्धानमा खटिएको प्रहरीले घटना भएको १२ घण्टाभित्रै अभियुक्त पक्राउ गरेको छ । लुकेर भारत जाँदै गरेका भारतीय नागरिक सिंहलाई प्रहरीले शीतगंगा–११ को जंगलबाट पक्राउ गरेको हो ।
मृतक थापा हरेक दिन जस्तो आइतबार बिहान पनि छिमेकीको घरमा दूध लिन जाने गर्दथिन् । घरबाट दूध लिन निस्किएकी थापा छिमेकीको घरमा नपुग्दै अपराधीको निसानामा परिन् । भारतको गुडगाँव घर भई हाल अर्घाखाँची शीतगंगा नगरपालिका–१० स्थित बोखोरकी शिवकला परियारसँग विवाह गरेका सुशान्त सिंहले गहना लुटपाटकै लागि महिलाको हत्या गरेको प्रहरीले जनाएको छ ।
अघिल्लो दिन साँझ नै चन्द्रौटा डेराबाट ससुराली घरमा आएका सिंहले राति कोही नभएको ससुराली घरमै रात बिताएको र अर्को दिन बिहान साढे ५ बजेदेखि बाटोमा कुरेर करिब ८ बजेको आसपासमा हत्या गरेको स्वीकार गरेका छन् ।
दूध लिन जाँदै गर्दा बाटोमा ढुकेर बसेका सिंहले पछाडिबाट ढुंगा र हँसियाले हानी थापाको हत्या गरेपछि लतार्दै बाटोदेखि करिब १५ मिटर तल जंगलको झाडी खोल्सोमा लगेर उनले लगाएको सुनका गरगहना लुटपाट गरेको प्रहरीलाई बयान दिएका छन् । आरोपी सिंहलाई जिल्ला अदालतबाट सोमबार सात दिनको म्याद लिएर अर्घाखाँची प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।
थापाको हत्या गरी गहना लुटपाट गरेर जंगलको बाटो भाग्दै गरेका सिंहलाई इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका सिंहले ससुराली आएको वेलामा थापाले गहना लगाएको देखेको र त्यही गहना लुटपाट गर्ने योजनाका साथ हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34