२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

कांग्रेस चितवनका सभापतिले मनोमानी गरेको भन्दै कार्यालयमा तालाबन्दी

प्रकाशित मिति : २०७९ माघ ७ गते
Photo : Halkaro

चितवन / नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले नेपाली कांग्रेस चितवनको कार्यालयमा आज (शुक्रबार) तालाबन्दी गरेका छन् । जिल्ला सभापति राजेश्वर खनालले एकलौटी ढंगले नेविसंघ चितवनको नेतृत्वको नाम केन्द्रमा पठाएको भन्दै रुष्ट विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । नेविसंघ चितवनका उपाध्यक्ष प्रकाश भण्डारीले मनलाग्दी रुपमा एक जनाको नाम मात्रै केन्द्रमा सिफारिस गरिएकोले विरोध स्वरुप तालाबन्दी गरिएको बताए ।
‘जिल्ला उपाध्यक्ष म पनि हुँ, तर छलफल बिना नै अन्य आकांक्षी हुँदाहुँदै एक जनाको नाम मात्रै केन्द्रमा पठाउनु बदमासी हो’–भण्डारीले भने । अर्का विद्यार्थी नेता अनिश पन्तले विद्यार्थीहरुको भावना विपरीत नेतृत्वले एकलौटी गर्न लागेकाले विरोध गरिएको बताए । उनले आफूहरुको माग सुनुवाई नभएसम्म तालाबन्दी जारी राख्ने बताए ।
विद्यार्थीहरुले सभापति खनालको कार्यकक्षको मुल ढोका र अन्य पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । विद्यार्थीहरुले तालाबन्दी गर्नुअघि सभापति खनालले विद्यार्थीहरुले कार्यकक्षमै छलफल गरेका थिए । सो क्रममा सभापति खनालले सबैको सहमतिमा नाम सिफारिस गरेको बताएका थिए । तर कांग्रेस पदाधिकारीभित्रै सिफारिसको सम्बन्धमा विवाद उत्पन्न भएको छ ।
कांग्रेस जिल्ला उपसभापति राजीव न्यौपानेले नेविसंघको विवाद समाधान र नाम सिफारिसका लागि ९ जनाको समिति बनाए पनि समितिमा कुनै छलफल बिनानै एकलौटी ढंगले नाम केन्द्रमा सिफारिस गरिएको आरोप लगाए । ‘कसको नाम सिफारिस भयो भएन भन्ने हाम्रो आपत्ति होइन, समिति र पदाधिकारी बैठकमा छलफल नै नगरि हेपाहा प्रवित्तिले अघि बढेकाले हाम्रो विमत्ती हो’–उपसभापति न्यौपानेले भने ।
नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले गत असोज २७ गते पत्र पठाउँदै नेविसंघ चितवनमा भएका नेताहरुको उमेरहद र अन्य वस्तुस्थिति बारे जानकारी माग गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51