चितवन / नारायणी नदी किनारमा जारी कोटिहोम महायज्ञको अवलोकन तथा दर्शन गर्न शहरी विकास मन्त्री एवम् राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज (शनिबार) आउने भएका छन् ।
मन्त्री पाण्डे र सभापति लामिछाने महायज्ञको औपचारीक कार्यक्रममा पनि सहभागी हुने महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्धाजले जानकारी दिए ।
कोटिहोम महायज्ञलाई राष्ट्रगुरु योगी नरहरीनाथका उत्तराधिकारी एवम् गोरक्षपीठका पीठाधिस श्रीषनाथले नरहरीनाथको १३०औँ शृङखलाको महायज्ञको मान्यता दिइसकेका छन् । श्रीसनातन संस्कृति संरक्षण अभियानले गौ वनको आवश्यकता र गौसंरक्षणलाई अभियानका रुपमा लगेको छ ।
साथै उक्त अभियान सम्पूर्ण जातजातिको कुल धर्म र संस्कृतिको रक्षाको लागि आन्दोलनरत छ । फागुन १२ गते सम्पन्न हुने महायज्ञमा एक करोड ४९ लाख ८५ हजा बत्ति प्रज्वलन गरिने छ । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा महायज्ञ गरिएको हो ।
यसअघि हिजो (शुक्रबार) नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको दर्शन गरेका छन् । शुक्रबार महायज्ञस्थल पुगेर नेता महतले यज्ञस्थल र शिवलिंगको दर्शन गरेका हुन् । वातावरण सन्तुलनमा महायज्ञले सहयोग पुग्ने भन्दै उनले नदी किनारमा हुने धार्मिक कार्यक्रमले नदी संरक्षणमा समेत टेवा पुग्ने बताए । महायज्ञको अवलोकन गर्ने क्रममा उनले शालग्रामेश्वर शिवलिंगको आफैले तस्विर समेत लिएका थिए ।
नेता महतसँगै बागमती प्रदेशका सांसद उत्तम जोशी, माया श्रेष्ठ, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्रराज श्रेष्ठलगायतले महायज्ञको अवलोकन गरेका थिए ।
- ADVERTISEMENT -

मन्त्री पाण्डे र रास्वपाका लामिछाने आज कोटिहोम महायज्ञमा आउँदै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.24
171.92

UK Pound Sterling
1
198.70
199.49

Swiss Franc
1
185.71
186.45

Australian Dollar
1
103.99
104.40

Canadian Dollar
1
105.90
106.32

Singapore Dollar
1
116.24
116.71

Japanese Yen
10
9.32
9.35

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.15
40.31

Qatari Riyal
1
41.37
41.54

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.61
36.76

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.48
15.54

Danish Kroner
1
22.91
23.00

Hong Kong Dollar
1
19.23
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.81
401.41

Omani Rial
1
391.55
393.11












