२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

प्रकाशित मिति : २०७९ चैत्र १० गते

मकवानपुर / बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज (शुक्रबार) विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री जम्मकट्टेलले दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने भएका हुन् ।
गत चैत्र ८ गते बुधबार अपराह्न ३ बजे विश्वासको मत लिनका लागि बोलाइएको बैठक नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भएपछि सुचना टासेर स्थगित गरिएको हो ।
प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछी मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश सभामार्फत पुनः विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री जम्मकट्टेलले यसअघि पहिलो पटक गत माघ ३ गते विश्वासको मत लिएका थिए । त्यतिखेर उनलाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टी गरी ६ वटा दलका सांसदहरुले समर्थन गरेका थिए ।
राप्रपाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको एक महिना भित्रमा विस्वासको मत लिनुपर्ने कानूनी व्यवस्था रहेको छ । सोही व्यवस्था अनुरुप उनले विश्वासको मत लिन लागेका हुन् ।
गत पुस २५ गते ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ३ जना सांसदले भने विश्वासको मत दिएका थिएनन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.24
171.92
UK Pound Sterling
1
198.70
199.49
Swiss Franc
1
185.71
186.45
Australian Dollar
1
103.99
104.40
Canadian Dollar
1
105.90
106.32
Singapore Dollar
1
116.24
116.71
Japanese Yen
10
9.32
9.35
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.15
40.31
Qatari Riyal
1
41.37
41.54
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.61
36.76
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.48
15.54
Danish Kroner
1
22.91
23.00
Hong Kong Dollar
1
19.23
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.81
401.41
Omani Rial
1
391.55
393.11