२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

बाघलाई मार्न बाख्रामा बिषको प्रयोग

प्रकाशित मिति : २०७९ चैत्र ११ गते

चितवन / पदमपुरको वनमा एक साता अघि मृत भेटिएको भन्ने बाघलाई सिकारमा विष मिसाईएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । कालिका नगरपालिका–७ स्थित उदयपुर सामुदायिक वनभित्रर्कोे केउरेनी ढापमा शनिबार दिउँसो वयस्क पाटे बाघ मृत भेटिएको थियो ।
पोस्टमार्टमको रिपोर्टबाट बाघको आहारमा विष हालिएको देखिएको राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका वन्यजन्तु चिकित्सक डा. अमिर षडौलाले जानकारी दिए । उनका अनुसार ’बाघको शरीरमा भएको परिवर्तन विष खाएर भएको हो र प्रारम्भिक अनुसन्धानले पनि मृत्युको कारण विषबाहेक अरू देखाएको छैन ।
मृत बाघको फोक्सोमा रक्तश्राव भएपनि अन्य रोग नभएको उनको भनाई छ । ”बाघले कुनै जनावरलाई मारेलगत्तै केही मासु खान्छ। बाँकी सिकारलाई घिसारेर झाडीभित्र लुकाउँछ । ”
सिकार लुकाएर बाघ कतै गयो। फर्किएर बाँकी रहेको खायो । त्यसमा मान्छेले विष मिसाइदिएको हुनसक्छ,’ षडौलाले भने। त्यो क्षेत्रमा करिब एक हप्तादेखि उक्त बाघ लगातार देखिएको स्थानीयबासी बताउँछन् ।
डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले करिब दुई महिनादेखि एउटा बाघ उदयपुर सामुदायिक वनमा रहेको जानकारी आफूले पाएको बताए । ’त्यो अवधिमा बाघले ६–७ वटा बाख्राहरू मारेछ। बाघले चौपाया मा¥यो भनेर केही निवेदन पनि आएका छन्,’ खनालले भने, ’आफ्ना चौपाया मारेको रिस फेर्न स्थानीयले सिकारमा विष मिसाइदिएको अनुमान गरेका छौं ।’
बाघले सताएपछि उसलाई मार्ने नियतले नै लुकाएर राखेको सिकारमा विष हालेको मृत शरीर र पोस्टमर्टम रिपोर्टबाट देखिएको उनले बताए । सूचना अधिकारी खनालका अनुसार सिप्लिकान (तरकारी) खोज्न वन गएका केही व्यक्तिहरूले ढापमा लम्पसार परेको बाघ देखेका थिए । ’बाघ देखेपछि उनीहरूको सातो गएछ । उनीहरू केही बेर लुकेछन् । निकैबेरसम्म पनि बाघ हलचल नगरेपछि हल्ला गरेछन् ।
अझै पनि नचलेपछि वन कार्यालयमा खबर गरे । त्यतिखेर दिउँसोको साढे २ बजेको थियो,’ खनालले भने, ‘बाघले त्यो दिनको बिहानतिरै बाँकी सिकार खाइसकेको हुनुपर्छ ।’ बाख्रा मारेको बदला लिन जंगलभित्र लासमा विष हाल्नु गम्भीर विषय भएको खनाल बताउँछन् ।
अनुसन्धानमा सहयोग गर्न पोस्टमर्टमको रिपोर्टसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र चितवन राष्ट्रिय निकुञ्जलाई पत्र पठाएको खनालले जानकारी दिए । डा. षडौला विष मिसिएको सिकार खाएर चितुवा, गिद्धहरू मरेको घटना धेरै भए पनि बाघ मरेको घटना कम रहेको बताउँछन् । ’। पछिल्लो गणनामा नेपालमा ३५५ वटा बाघ रेकर्ड भएका थिए । ती मध्ये १२८ वटा चितवन राष्ट्रिय निकुञ्जमा रेकर्ड भएका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11