२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

महानगरपालिकाको १३ औँ नगरसभा : ६ अर्ब बढीको बजेट पास

प्रकाशित मिति : २०८० असार १३ गते

चितवन / भरतपुर महानगरपालिकाले नीति तथा कार्यक्रम र बजेट पास गर्दै नगर सभा सम्पन्न गरेको छ । महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पास भएको महानगरका प्रमुख रेनु दाहालले बताइन् ।
नगर सभा मार्फत् महानगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ का लागि अनुमानित आय व्ययसहितको ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँ बजेट बजेट पास गरेको हो । १३औँ नगर सभाले भरतपुर महानगरपालिका न्यायिक समितिको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन र संगठन तथा व्यवस्थापन सर्वेक्षण, राजस्व र व्ययको अनुमान (बजेट) आर्थिक विधेयक २०८० र विनियोजन विधेयक २०८० पारित गरेको छ ।
यस्तै नगर सभाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको दायित्व फरफारक गर्न सरकारबाट प्राप्त सशर्त अनुदान धुर्मुस सुन्तली फाउण्डेसनलाई अनुदानका रुपमा भुक्तानी गर्ने सर्वसम्मतले पारित गरेको छ । नगर सभा समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले सबै नगरबासीको एकताले समृद्ध नगर निर्माण गर्न सहयोग पुग्ने बताइन् । भरतपुरको विकासको लागि सबैले आ–आफ्नो ठाँउबाट सकारात्मक र रचानात्मक प्रतिस्पर्धा हुन आवश्यक रहेको उनको भनाई थियो ।
नीति तथा कार्यक्रमलाई पूर्ण रुपमा कार्यन्वन हुनेमा विश्वस्त रहेको प्रमुख दाहालले बताइन् । आईतबार महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले आन्तरिक आयआर्जनसँगै अन्तर सरकारी वित्तीय हस्तान्तरण, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँड तथा विविध कोष तथा आयबाट स्रोत व्यवस्थापन गर्ने गरी महानगरको आर्थिक वर्षको बजेट विनियोजन गरेका थिए । यसको व्यवस्थापन केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ५४ करोड ८० लाख १५ हजार, जनसहभाागिताबाट ५० करोड, बैंक मौज्दातबाट १ अर्व ६५ करोड तथा सडक बोर्ड नेपालबाट ३ करोड प्राप्त हुने अधिकारीले प्रक्षेपण गरे ।
अन्तर सरकारी अख्तियारी शिर्षकमा महानगरपालिकाले १ अर्व १० करोड रुपैयाँ अनुमानित आय हुने अनुमान गरेको छ । जसलाई अन्तर सरकारी अख्तियारी शिर्षकबाट खर्च तथा लेखाङ्कनको प्रबन्ध मिलाउने बताईएको छ । महानगरपालिकाले निर्माण सम्पन्न हुन नसकेका र भुक्तानी बाँकी रहेका तथा क्रमागत योजनाहरूका लागि १ अर्ब ६५ करोड बजेट विनियोजन गरेको छ ।
महानगरका २९ वटा वडालाई सम्बन्धित वडाबाट नै कार्यान्वयन हुने कार्यक्रमका लागि हरेक वडालाई २ करोड ७५ लाखका दरले ७९ करोड ७५ लाख रुपैयाँ विनियोजन भएको छ । सभामा १५ जना सदस्यहरुले महानगरपालिकाको विकास निर्माण जनताको माग र चाहनाका साथै कार्य सम्पादनमा भए गरेका समस्याका बारेमा आआफ्नो धारणा राख्नुका साथै प्रस्तावित नीति, कार्यक्रम र विधेयकमाथि आफ्नो सुझाव राखेका थिए ।
सो अवसरमा महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रसाशकीय अधिकृत नरेन्द्रकुमार रानाले विषयगत क्षेत्रबाट आएका जिज्ञासाहरुको सुझाव तथा जवाफ दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11