२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

गैंडाकोट चितवन च्याम्पियनसिपको फाइनलमा

प्रकाशित मिति : २०८० असार १४ गते

चितवन / रोमाञ्चक खेलमा रड्स रामपुरलाई पराजित गर्दै गैंडाकोट एफसी छैठौं चितवन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
बुधबारको पहिलो सेमिफाइनलमा रामपुरलाई २–१ ले पराजित गर्दै गैंडाकोट उपाधि नजिक पुगेको हो । गैंडाकोटको जितमा दुबै गोल मेसुकेले गरे । रामपुरका आशिषले एक गोल गरे ।
खेलको ३२ औं मिनेटमा मेसुकेले गोल गर्दै गैंडाकोटलाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा रड्सले बराबरी गोल फर्कायो । गैंडाकोटका डिफेन्डरले रामपुरका योमीलाई फउल गरेपछि रेफ्रीले पेनाल्टी दिए । प्राप्त अवसरलाई सदुपयोग गर्दै रामपुरका आशिषले गोल गरे ।
खेलको ६३ औं मिनेटमा रामपुरले फेरि पेनाल्टी पायो । गैंडाकोटका डिफेन्डरले रामपुरका शन्तबहादुर गुरुङलाई फउल गरेपछि रेफ्रीले पेनाल्टी दिए । तर यसपटक आशिष चुके । उनको प्रहार पोष्टको साइड बारमा लागेर फर्कियो । खेलको अतिरिक्त समयमा मेसुकेले लङ रेन्जर गोल गरेपछि गैंडाकोट विजयी भयो । मेसुके नै म्यान अफ दि म्याच भए ।
उपाधिका लागि गैंडाकोटले अब बिहीबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा आयोजक एभरेष्ट क्लब चितवन र सूर्यपुर फुटबल क्लब कालिका १ भिड्नेछन् । खेल दिउँसो ४ः३० बजे हुनेछ ।
असार १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले पाँच हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले समान १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.19
151.79
European Euro
1
173.14
173.83
UK Pound Sterling
1
200.14
200.93
Swiss Franc
1
187.02
187.77
Australian Dollar
1
105.85
106.27
Canadian Dollar
1
106.65
107.07
Singapore Dollar
1
116.91
117.38
Japanese Yen
10
9.35
9.38
Chinese Yuan
1
22.32
22.41
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.63
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.16
41.33
Malaysian Ringgit
1
36.44
36.58
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.74
15.81
Danish Kroner
1
23.16
23.26
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
491.44
493.39
Bahrain Dinar
1
401.05
402.64
Omani Rial
1
392.72
394.28