२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026
२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026 Tuesday

मिटरब्याजीको जालो देशैभर

प्रकाशित मिति : २०८० असार २५ गते

काठमाडौं / अनुचित लेनदेन कारोबारी (मिटरब्याजी) को जालो देशव्यापी फैलिएको छ । हालसम्म देशभरका ५३ जिल्लाबाट मिटरब्याज पीडितले २३ हजार ९ सय ४८ उजुरी दर्ता गराएका छन् । सबैभन्दा बढी मधेस प्रदेशमा १८ हजार ९१ र सबैभन्दा कम कर्णाली प्रदेशमा १ सय ५१ उजुरी परेको पाइएको हो ।
नेपाल सरकारले मिटरब्याजीको वास्तविकता पत्ता लगाउन पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा अनुचित लेनदेन ९मिटरब्याज० सम्बन्धी जाँचबुझ आयोग गठन गरेर थियो । गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा गठन भएको उक्त आयोगले पीडितहरूको संख्या र हालसम्म भएका कामको फेहेरिस्त बुझाएको छ ।
प्रतिवेदनअनुसार अनुचित लेनदेन कारोबारीको जालो ५३ जिल्लामा फैलिएको छ । आयोगले हालसम्म आएका उजुरीको अध्ययन गरी कतिपय उजुरीहरूको हिसाबकिताब चुक्तासमेत भइसकेको जनाएको छ । आयोगका अनुसार उजुरी परेकामध्ये हालसम्म ३ हजार ३ सय ३९ उजुरीउपर छलफल भई १ हजार ३ सय ८५ वटा उजुरी फछ्र्यौट गरिएको छ । फछ्र्यौट भएका उजुरीबाट ७६ करोड ५९ लाख ६८ हजार ९ सय ७३ रुपियाँको हिसाबकिताब चुक्ता भएको आयोगको प्रतिवेदनमा उल्लेख छ । (यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.08
152.68
European Euro
1
177.09
177.79
UK Pound Sterling
1
205.24
206.05
Swiss Franc
1
194.64
195.41
Australian Dollar
1
109.03
109.46
Canadian Dollar
1
110.10
110.54
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.57
9.61
Chinese Yuan
1
22.42
22.50
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.72
41.88
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.40
41.57
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.04
10.08
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.70
23.79
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.86
497.82
Bahrain Dinar
1
403.40
404.99
Omani Rial
1
395.01
396.57