२०८३ असार १४, आईतवार
June 28, 2026
२०८३ असार १४, आईतवार
June 28, 2026 Sunday
- ADVERTISEMENT -

रत्ननगर महोत्सव आजबाट सुरु, २५ करोड बढी कारोबारको अपेक्षा

प्रकाशित मिति : २०८० पुष २६ गते
file photo

चितवन / रत्ननगरको टिकौली चौरमा आज (बिहीबार)बाट रत्ननगर महोत्सव सुरु हुँदैछ । चितवनको कृषि र पर्यटनलाई प्राथमिकता दिइने महोत्सवको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा मकैको उत्पादनलाई जोड दिँदै बजारीकरणलाई समेत ध्यान दिइएको छ ।
मकै बालीको संरक्षण र प्रवद्र्धनका लागि महोत्सव स्थलमा मकै बाली स्थापना तथा मकैको स्टाच्यु निर्माण गरिएको छ । महोत्सवमा रामपुर मकै बाली अनुसन्धान केन्द्रबाट २० प्रजातिका मकैको बारेमा जानकारी गराइने छ । महोत्सव स्थलमा मकै बाली, केरा बगान, च्याउको टनेल र माछा पोखरी निर्माण गरिएको छ । पर्यटन विकासअन्तर्गत खगेरी खोलामा मोटरबोट सञ्चालन गरिने भएको छ । रत्ननगर भएर बग्ने खगेरी खोलामा दीर्घकालीनरुपमा मोटरबोट सञ्चालन गरेर पर्यटक भि¥याउने लक्ष्यअनुसार महोत्सवको अवधिभर मोटरबोट सञ्चालनमा ल्याइएको हो ।
महोत्सवमा २०० रूपैयाँ तिरेर साढे दुई किलोमिटर मोटरबोटको आनन्द लिन सकिने व्यवस्था गरिएको छ । रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गरेको सो महोत्सव माघ ८ गतेसम्म चल्ने छ । विगत दुई दशकदेखि प्रत्येक दुई–दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्लाको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनलाई जोड दिइएको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल व्यवस्थापन समितिका संयोजक शंकर गिरीले जानकारी दिए ।
महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृतिसहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरी करिब ४५० स्टलहरु रहने छन् । यसपटकको महोत्सवमा तीन लाखभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करिब २५ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ । रत्ननगर महोत्सवअन्तर्गत पुस २९ गतेदेखि माघ ४ गतेसम्म सौराहा चोक र टाँडी चोकको बीचमा रहेको बसपार्कको खाली चौरमा खाना महोत्सव हुँदै छ । ३२ वटा स्टल रहने खाना महोत्सवमा दैनिकरुपमा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11