मकवानपुर / हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८, औद्योगिक क्षेत्रस्थित एक फ्याक्ट्रीमा आज (शनिबार) बिहान आगलागी भएको छ ।
बिहान सवा १२ बजेको समयमा हेल्पबक्स प्याकेजिंङ प्रा.लि.कार्टुन फ्याक्ट्रीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
- ADVERTISEMENT -

कार्यालयका प्रहरी निरीक्षक प्रकाश शाहका अनुसार उक्त फ्याक्ट्री काठमाडौं महानगरपालिका वडा नम्वर १९ बस्ने संजीव मानन्धरले संचालन गर्दै आएका थिए । आगलागीबाट मानविय क्षति भने नभएको बताइएको छ ।
फ्याक्ट्रीमा के–कसरी आगलागी भएको र आगलागीबाट कति धनजनको क्षति भएको भन्ने विवरण आउँन बाँकी रहेको प्रनि शाहले जानकारी दिए । आगलागीबाट भएको क्षति बारे आज अपराह्नसम्ममा विवरण आउने बताइएको छ ।
आगो प्रहरी सहायक निरीक्षक केदार शाह बानियाँको कमाण्डमा खटिएको टोली र सशस्त्र नं.१४ गण हेटौंडाबाट प्रहरी निरीक्षक अरुण बिक्रम बस्नेतको कमाण्डमा खटिएको टोली, नगर प्रहरी, हेटौंडा उपमहानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा बिहान सवा ५ बजेको समयमा पुर्ण रुपमा नियन्त्रणमा आएको जनाइएको छ ।









































