२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

आजदेखि तीन दिन गणतन्त्र दिवस मनाइँदै

प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते

मकवानपुर / बागमती प्रदेश सरकारले आज (आइतबार) देखि तीन दिन अर्थात् जेठ १३, १४ र १५ गते गणतन्त्र दिवस दिन मनाउँदै छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् सो बारे जानकारी गराएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

त्यसको लागि मुख्यमन्त्री शालिकराम जम्कट्टेलको संयोजकत्वमा ४२ सदस्यीय मूल समारोह समिति गठन गरेको उनले बताए । उनका अनुसार, सो अवसरमा जेठ १३ गते सामाजिक विकास मन्त्रालयले गणतन्त्र दिवस सम्बन्धि विषयमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने र युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषदले मैत्रीपूर्ण खेलकुद कार्यक्रम गर्ने भएको छ ।

त्यस्तै, जेठ १४ गते स्वास्थ्य मन्त्रालयले सार्वजनिक रक्तदान कार्यक्रम, वन तथा वातावरण मन्त्रालयले वृक्षारोपण, सञ्चार रजिष्ट्रारको कार्यालयले नारायणी मलको एनएस सिनेमा हलमा लघु चलचित्र तथा वृत्तचित्र प्रदर्शन गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

त्यस्तै, जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सम्बन्धित मन्त्रालय–कार्यालयहरुले आफ्नो परिसर सरसफाइ, प्रभातफेरी र मूल समारोहमा शैक्षिक संस्थाबाट शिक्षक तथा विद्यार्थीको सहभागिताका लागि हेटौंडा उपमहानगरपालिका मार्फत् समन्वय गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

त्यसैगरी, १५ गते नै बिहान ७ः३० बजे हेटौंडाको भुटनदेवी माविको चौरमा भेला भई स्कुल रोड–बुद्धचोक–चौकिटोल–मानस चोक हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राङ्गणमा व्याण्ड बाजासहितको प्रभातफेरी कार्यक्रमको पनि आयोजना गरिने जनाइएको छ ।

दिवसमा प्रदेशका सबै मन्त्रालयले आफ्नो कार्यालय परिसरमा राष्ट्रिय झण्डा फराउने, हेटौंडाको बुद्ध चोक र बसपार्कमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले झण्डा फराउने र जेठ १४, १५ र १६ गते सबै मन्त्रालय र निकायले आफ्नो वेबसाइटको हामपेजमा गणतन्त्र दिवस २०८१ भव्य रूपले मनाऔं लेखिएको ब्यानर डिस्प्ले गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20