बुटवल / सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा आज (बुधबार) देखि रात्रिकालीन समयमा सवारी साधन आवागमनमा अनिश्चितकालीन रोक लगाएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झण्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति हुन नदिन स्थानीय प्रशासनले रोक लगाएको हो ।
- ADVERTISEMENT -

पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेलेका अनुसार साउन ९ गते बुधबार बेलुका ७ देखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्म सबैखाले सवारी साधन आवतजावत बन्द गरिएको हो ।
प्रशासनले सो समयमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन चलाउनुपरेमा स्थानीय प्रशासनसँग अनुमति लिन आग्रह गरेको छ ।
- ADVERTISEMENT -












































