काठमाडौं / नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज (शुक्रबार) बस्ने भएको छ । पदाधिकारी बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने जनाइएको छ ।
- ADVERTISEMENT -

यस्तै, बैठकमा पार्टीका आन्तरिक गतिविधि, पार्टी सङ्गठन सुदृढीकरण, जनतासँग जाने विषयहरूमा र पार्टीको समग्र आगामी रणनीतिका बारेमा पनि छलफल हुनेछ ।










































