२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

नदी प्रदूषित गर्ने तीन उद्योगको गेटमा फोहोरको थुप्रो

प्रकाशित मिति : २०८१ श्रावण १४ गते

वीरगञ्ज / वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गरेको भन्दै ३ वटा उद्योगको मुख्यद्वारमा फोहोर थुपारिदिएको छ ।

नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इण्डस्ट्रिज प्रालिको मुख्यद्वारमा फोहोर फालिदिएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

वीरगञ्ज महानगरका नगरप्रहरी प्रमुख हरि भुसालले ती उद्योगको परिसरमा प्रतिकात्मक कारबाहीस्वरुप आइतबार फोहरमैला खसालिदिएको बताए । ‘उद्योगबाट निस्कने फोहरमैला सिर्सिया नदीमा नमिसाउन बारम्बार अनुरोध गरेका थियौँ । तर उहाँहरूले मान्नुभएन, त्यसैले निर्देशनानुसार फोहरमैला थुपारिदिएको हो’, उनले भने ।

महानगरले यसअघि सिर्सिया नदीमा फोहरमैला नफ्याँक्न बारम्बार अनुरोध गर्दै आइरहे पनि उद्योगी व्यवसायीले आलटाल गर्दै आएको महानगरको आरोप छ । महानगरले गत वैशाख ९ गते नदीमा फोहरमैला गर्ने उद्योगलाई १५ दिनभित्रै फोहरमैला व्यवस्थित नगरे कारबाही गर्ने चेतावनी समेत दिएको थियो ।

नगर प्रहरी प्रमुख भुसालले आज पनि नदी फोहरमैला गर्ने उद्योगमा आज पनि फोहोर फालिने बताए । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96