२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

दोस्रो गण्डकी प्रदेश महोत्सव : कार्तिक २६ गतेदेखि शुभारम्भ

प्रकाशित मिति : २०८१ कार्तिक २१ गते

गैँडाकोट / नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा गैँडाकोटमा सञ्चालन हुन लागेको महोत्सव तीन दिन पछाडि धकेलिएको छ ।

महासंघले कात्तिक २३ गतेदेखि सञ्चालन गर्ने भनिएको दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१ छठ पर्वसहित विभिन्न कारणले पछाडि धकेलिएको बताइएको छ ।

- ADVERTISEMENT -

Advertisement

महोत्सवका मूल संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले उक्त महोत्सव कात्तिक २६ बाट सुरु हुने बताएका छन् ।

संयोजक भट्टचनद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा मिति २०८१÷०७÷२३ गते देखि २०८१÷०८÷१० गतेसम्म हुने भनिएको ‘दोस्रो गण्डकी प्रदेश महोत्सव २०८१’ विभिन्न असहज परिस्थितिका कारण मिति २०८१÷०७÷२६ गतेबाट २०८१÷०८÷१० गतेसम्म सञ्चालन हुने व्यहोरा जानकारी गर्दछौँ ।”

- ADVERTISEMENT -

Advertisement

महोत्सव तयारीका बारेमा मूल समितिको बैठकसमेत महोत्सव स्थल गैँडाकोट–२ स्थित नारायणी नदीकिनारमा हुने भएकाले कात्तिक २५ गते दिउँसो १ बजे मूल समितिमा मनोनित सबै सदस्यहरुलाई उपस्थितिका लागि उनले अनुरोध गरेका छन् ।

दोस्रो संस्करणको महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृंगारका सामानलगायतका तीन सय बढी स्टलहरु रहने छन् ।

सिंगो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको भट्टचनले दाबी गरेका छन् ।

मेलामार्फत नवलपुरका पर्यटकीय क्षेत्रको प्रवद्र्धनसँगै सम्भावनाको खोजी गरिने, त्रिवेणीधामदेखि पोखराहुँदै मुक्तिनाथ मन्दिरसम्मको धार्मिक पर्यटकीय करिडोरको प्रचार गर्ने, त्रिवेणी–कोरला राजमार्गको दिगो सञ्चालन, दुवै ठाउँमा अन्तर्राष्ट्रियस्तरको भन्सार कार्यालय स्थापनाका लागि सरोकारवालाई ध्यानाकर्षण गराउनु मेलाको प्रमुख उद्देश्य भएको उनको भनाइ छ ।

कात्तिक २६ गते सुरु भएर मंसिर १० गतेसम्म सञ्चालन हुने महोत्सवमा एक करोड ७० लाखको कारोबार हुने तथा रु ३० लाख बचत हुने अनुमान गरिएको भट्टचनले जानकारी दिए ।

एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सव प्रवेशका लागि रु १०० तथा विद्यार्थीको लागि रु ५० को टिकट एवम् ७० वर्षभन्दा माथिका उमेरका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको मूल संयोजक भट्टचनले बताए ।

महोत्सवको रु १०० को टिकट काटेर महोत्सव अवलोकन गर्ने दर्शकहरुलाई मौलाकाली केबलकारको टिकटमा ५० प्रतिशत छुट दिइने समेत आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11