भरतपुर / नेपाल मगर संघ चितवनको अध्यक्षमा लालबहादुर रानामगरसहित २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका छन् । संघको शनिबार सम्पन्न १८औँ जिल्ला अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालको लागि २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
संस्थाको उपाध्यक्षमा भीमबहादुर थापामगर, सचिवमा विष्णु आलेमगर, कोषाध्यक्षमा धनसरा थापामगर, सहसचिवमा मिलन थापामगर र सहकोषाध्यक्षमा बद्री पुनमगर चयन भएका छन् ।
- ADVERTISEMENT -

यस्तै, कार्यसमिति सदस्यहरुमा भने निलकुमार थापामगर, टेकबहादुर थापामगर, डम्बरबहादुर थापामगर, विष्णुबहादुर थापामगर, जानुका थापामगर, होमबहादुर थापमागर, सानबहादुर थापामगर, कपिल आलेमगर, मुक्तिबहादुर रानामगर, सूर्यकुमारी आलेमगर, समित्रा थापामगर, सन्तबहादुर मगर, प्रेमबहादुर थापामगर, तिलबहादुर पुनमगर, कृष्ण आलेमगर, शेरबहादुर मगर, विमला बूढामगर, बद्रिबहादुर रानामगर र जीतबहादुर थापामगर चयन भएका छन् ।
नयाँ कार्यकालको लागि सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको निर्वाचन समितिकी संयोजक देवी श्रीषा थापामगरले जानकारी दिइन् ।
- ADVERTISEMENT -









































