२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

लायन्स क्लबको फ्रि बेकरी तालिममा ५० जनाको सहभागिता [with video]

सिकेको सिपलाई प्रयोगमा ल्याउन आग्रह
प्रकाशित मिति : २०८१ पुष २२ गते

चितवन / लायन्स क्लब अफ नारायणगढ नारायणीको आयोजना र भरतपुर महानगरपालिका वडा नं. १ कार्यालयको सहयोगमा ५० जना महिलाहरुलाई ४ दिने ओभन फ्रि बेकरी तालिमको समापन गरिएको छ ।

महिलाहरुलाई लक्षित गरी दिइएको बेकरी तालिम पुस १९ गते सुरु भई आज (सोमबार) समापन गरिएको लान्यस क्लब अफ नारायणगढ नारायणीका अध्यक्ष रसु पियाले जानकारी दिइन् ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १ कार्यालयका वडा अध्यक्ष केशव महर्जनले प्रशिक्षार्थीहरुलाई आफूले सिकेको सिपलाई प्रयोगमा ल्याउन आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष महर्जनले इच्छाशक्ति भएमा जुनसुकै सिपबाट पनि सफलता मिल्ने भनाइ थियो । उनले वडा कार्यालयमा विभिन्न किसिमका तालिमहरु हुने भएकोले प्रपोजलसहित आएमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

- ADVERTISEMENT -

Advertisement

उनले प्रशिक्षार्थीहरुको उत्साहजनक सहभागिता र लगावको खुलेर प्रशंसा गर्दै आगामी दिनमा सिकेका सिपबाट आत्मनिर्भर बने मात्रै सार्थकता पाउने बताए ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष पियाले चार दिने बेकरी तालिम प्रभावकारी भएको बताए । उनले महिलाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने किसिमका तालिमहरु आगामी दिनमा पनि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तालिममा प्रशिक्षकद्वय निलिमा मास्के श्रेष्ठ र लक्ष्मी ओझा भद्राले प्रशिक्षण दिएका थिए । उनीहरुले तालिममा विभिन्न आइटमका केक, कुकिज, पिक्कल बनाउन सिकाएका हुन् ।

कार्यक्रमको संयोजकमा संगीता श्रेष्ठ र सहसंयोजक मन्दिरा जोशी रहेका थिए । वडा अध्यक्ष महर्जन र अध्यक्ष पियाले संयुक्त रुपमा उनीहरुलाई मायाको चिनो र तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र दिएका हुन् ।

कार्यक्रममा लायन्स क्लबका एफजेएफ रचना चुके, एफजेएफ दुर्गालक्ष्मी श्रेष्ठ, संस्थापक अध्यक्ष सुधा जोशी, भरतपुर महानगरपालिका वडा नं. का सचिव शिवजी अधिकारी, वडा सदस्य राममाया पिया लगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.19
151.79
European Euro
1
173.14
173.83
UK Pound Sterling
1
200.14
200.93
Swiss Franc
1
187.02
187.77
Australian Dollar
1
105.85
106.27
Canadian Dollar
1
106.65
107.07
Singapore Dollar
1
116.91
117.38
Japanese Yen
10
9.35
9.38
Chinese Yuan
1
22.32
22.41
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.63
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.16
41.33
Malaysian Ringgit
1
36.44
36.58
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.74
15.81
Danish Kroner
1
23.16
23.26
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
491.44
493.39
Bahrain Dinar
1
401.05
402.64
Omani Rial
1
392.72
394.28