२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

भरतपुरको नयाँकिरण माविमा सालिक अनावरण, दाता र शिक्षकलाई सम्मान

प्रकाशित मिति : २०८१ माघ २८ गते

भरतपुर / भरतपुर महानगरपालिका वडा नम्बर–११ मा रहेको नयाँकिरण कमलकुशुम माध्यमिक विद्यालयले चन्दादाताहरुको नाममा बनाइएको सालिक अनावरण गरेको छ ।

विद्यालयले ५८औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको उपस्थितिमा उक्त सालिक अनावरण गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

पाँच लाख रूपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका दाताहरुको आफ्ना आत्मीयजनको स्मृतिमा उक्त सालिक निर्माण गरिएको विद्यालयले जनाएको छ ।

शैक्षिक क्षेत्रको विकासमा दिएको योगदानको सम्मानस्वरुप सालिक निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक रामेश्वर अधिकारीले जानकारी दिए । अन्य चन्दादाताहरुको नाम उल्लेख गरिएको ताम्रपत्र र शिलालेखको पनि सोही अवसरमा अनावरण गरिएको हो ।

दाता र शिक्षकलाई सम्मान :
विद्यालयको शैक्षिक विकासका लागि ७० लाख रूपैयाँ सहयोग गरेका चन्दादाता एवं भरतपुर महानगरपालिका वडा नं–११ का अध्यक्ष कमलबहादुर मल्ललगायत अन्य दाताहरुलाई पनि दोसल्ला, सम्मानपत्र र कदरपत्रसहित सम्मान गरिएको थियो ।

सोही अवसरमा विद्यालयको शैक्षिक एवं सर्वाङ्गीण विकासमा योगदान पु¥याएको भन्दै विद्यालयका शिक्षकहरु भवानी विष्ट, वेदनाथ अधिकारी, प्रीति तामाङ र किरण बानियाँलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।

यस्तै, विद्यालयका निवृत्त शिक्षक एवं पूर्वप्रधानाध्यापक भानुप्रसाद उपाध्याय, निवृत्त शिक्षक भवानीप्रसाद शर्मालगायतलाई पनि सम्मान गरिएको थियो । विद्यालयका पूर्वशिक्षक विश्वनाथ रेग्मीलाई भने मरणोपरान्त सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक अधिकारीले जानकारी दिए ।

विद्यालयले वार्षिकोत्सवका अवसरमा वडास्तरीय गाउँखाने कथा प्रतियोगिता, फुटबल, खोखो, कबड्डी र दौडलगायतका प्रतियोगितामा विजयी भएका विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरेको थियो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले शिक्षण पेसा सबै पेसाहरुको जननी भएको बताए । एक जनालाई सच्चा नागरिक बनाउन शिक्षकले महŒवपूर्ण भूमिका खेल्ने हुँदा शिक्षकहरुप्रति गौरवभाव व्यक्त गरे । उनले विद्यालयको बाँकी रहेको भौतिक पूर्वाधार पूर्णताका लागि प्रदेश सरकार सकारात्मक रहेको र सङ्घीय सरकारको ध्यानाकर्षण गराउने बताए ।

कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले तीनै तहको सरकारले शिक्षामा ठूलो हिस्सा लगानी गरे पनि सामुदायिक विद्यालयप्रतिको आकर्षण सोचेअनुरुप हुन नसकेको बताए । यस विषयमा सबै शिक्षक तथा अभिभावक सचेत हुनुपर्ने उनले बताए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20