२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

गैँडाकोटमा तीन दिने उद्घोषण कला तालिमको समापन

प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते

गैँडाकोट / नेपाल आदिवासी जनजाति महासंघ गैँडाकोट नगर समन्वय परिषदले आयोजना गरेको तीन दिने उद्घोषणकला तथा निर्णय पुस्तिका लेखन तालिम सकिएको छ । गैँडाकोट नगरपालिका वडा नं. ८ विजयनगरस्थित किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको हलमा सम्पन्न तालिममा ३० जना सहभागी थिए ।

विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिकामा रहेर पनि बोल्ने कलाको विकास नहुँदा त्यसले संघसंस्थाको कार्यप्रगतिमा असर पुगेको महसुस गरेपछि जनजाति महासंघले तालिम आयोजना गरेको हो। तालिमबाट थोरै समयमा धेरै ज्ञान हासिल गर्न सफल भएको महासंघका अध्यक्ष नरबहादुर थापामगर (नरेश)ले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

‘तालिममार्फत तरिका सिक्ने हो। बाँकी काम त आफैँले गर्ने हो,’ उनले भने, ‘महासंघले हरेक वर्ष आवश्यकताअनुसार यस्तै गतिविधिलाई प्राथमिकतामा राख्दै आएको छ ।’

गैँडाकोट ८ का वडाअध्यक्ष प्रेम सापकोटाले बोलीबाटै जीवनमा धेरै चिज प्राप्त गर्न सकिने हुँदा बोलीको विकास जीवनयापनको सबैभन्दा महत्त्वपूर्ण पाटो भएको बताए। ‘जीवनमा खुसी साट्ने माध्यम नै बोली हो,’ उनले भने, ‘आदिवासी जनजाति महासंघले बोलीको विकाससम्बन्धी कार्यक्रम आयोजना गर्दा यसबाट समग्र वडाको विकासमा एउटा इँटा थपिएको छ ।’

गैँडाकोट १४ की अध्यक्ष कोकिसरा रानामगरले आदिवासी जनजाति समुदायमा बोलीको विकास पछाडि रहेको हुँदा यस्ता कार्यक्रमले ठूलो सहयोग मिल्ने बताइन् । तालिम लिइसकेपछि मौका पाउँदा त्यसलाई सदुपयोग गर्दै गए अभ्यास मिल्ने उनले बताइन् ।

प्रशिक्षार्थी सोममाया घलेले सञ्चालन गरेको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष राजकुमार महतोले स्वागत मन्तव्य दिएका थिए । उक्त कार्यक्रममा किसान बचत तथा ऋण सहकारी संस्था विजयनगर सेवा केन्द्रका संयोजक डिलाराम सापकोटा, आदिवासी जनजाति युवा महासंघका अध्यक्ष दुर्गाबहादुर रानामगरले शुभकामना मन्तव्य दिएका थिए भने प्रशिक्षार्थीहरुको तर्फबाट मोमकुमारी पुनमगर र राजेन्द्र रानामगरले आफ्ना अनुभव सुनाएका थिए ।

पत्रकार एवम् सञ्चारकर्मीहरु तुलमान गुरूङ, आशिक रानामगर र मुना लम्तरी मगरले तालिम अवधिभर प्रशिक्षण दिएका थिए । तालिमको समापन समारोहमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20