Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मोटरसाइकल चेकजाँचमा करिब १ करोडसहित चार जना पक्राउ

प्रकाशित मिति : २०८२ बैशाख २२ गते
file photo.

काठमाडौं / काठमाडौं प्रहरीले राजधानी काठमाडौंको गौशाला नजिकै रहेको पिंगलास्थानमा दुई वटा मोटरसाइकल चेकजाँच गर्दा झण्डै एक करोड रुपैयाँ नगद फेला पारेको छ । दुई वटा मोटरसाइकलमा रहेका उनीहरुलाई प्रहरीले आइतबार अपरान्ह चेकजाँच गर्दा ९५ लाख १७ हजार पाँच सय रुपैयाँ नगद फेला पारेको हो ।

सदा झै गौशालाबाट तिलंगा जानेतर्फ नजिकै रहेको होटल पशुपति भिजन अगाडिको सडकमा चेकजाँच सञ्लालन गरेको थियो । दुई वटा मोटरसाइकलमा चार जना सवार थिए । एक जना चालक र अर्को पछाडि बसेका थिए । पछाडि बस्नेले ठूला ठूला झोला बोकेका थिए ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीलाई शंका लागेर चेक जाँच गर्दा एक हजार रुपैयाँ दरका ठूलो मात्रामा नोट फेला पारेको थियो । लगत्तै प्रहरीले रकमको स्रोतबारे जिज्ञाशा राख्दा केही बताउन सकेनन् । रकमको स्रोत बताउन नसकेपछि लगत्तै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

अबैध रकमसहित पक्राउ पर्नेहरुमा काठमाडौं, तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरी सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ दोर्दी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ र ३९ वर्षीय सन्तोष घिमिरे छन् । अपरान्ह करिब ४ बजेको समयमा प्रहरीले सर्च अप्रेशन चलाएको थियो । सोही क्रममा उनीहरु प्रहरीको ट्रेसिङमा परेका थिए ।

प्रहरीले रकम कहाँबाट ल्याएको हो र कसको हो रु भन्ने तथ्य पत्ता लगाउने प्रयास गरिरहेको जनाएको छ । यसअघि टोखाबाट २५ करोड रुपैयाँको नोट बरामद भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22