Opens in a new tab
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जलवायु परिवर्तनले हिमाली क्षेत्र बढी जोखिममा

प्रकाशित मिति : २०८२ जेष्ठ ३ गते
File photo.

काठमाडौँ / सरोकारवालाहरुले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढी जोखिम रहेको बताएका छन् ।

शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको आज (शनिबार) दोस्रो दिनअन्तर्गत हिमाली क्षेत्रको जोखिम र मूल्याङ्कन विषयक समानान्तर सत्रमा जलवायु परिवर्तनको असर न्यूनीकरण उपाय अवलम्बन नगरेमा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिस अझै बढी जोखिममा रहने बताएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

चिनियाँ विज्ञान प्रतिष्ठान चीनका निर्देशक डा टाओ वाङले विश्वव्यापी रुपमा बिढरहेको तापमानका कारण हिमाली क्षेत्र बढी प्रभावमा परेको बताए । ज्युरिक विश्वविद्यालय, स्वीट्जरल्याण्डका वरिष्ठ अनुसन्धान सहयोगी डा साइमन एलनले जलवायु परिवर्तनको असरसँग जुध्नका लागि स्थानीयस्तरको क्षमता अभिवृद्धिमा जोड दिए ।

बिजिजी इञ्जिनियरिङ इन्क क्यानडाका वरिष्ठ भू–वैज्ञानिक इञ्जिनियर एमिली मार्कले जलवायु परिवर्तनको असरका कारण वातावरणीय प्रणाली र विकासलाई असर पुग्ने बताए ।

केइयो विश्वविद्यालयका जापानका प्रोफेसर राजीव शाँले विश्वभरका चुनौतीलाई सम्बोधन गर्न स्थानीयस्तरदेखि वैश्विकस्तरसम्मको सहकार्य र विविधताको आवश्यकता जोड दिए ।

भू–विज्ञान अनुसन्धान केन्द्र जर्मनका प्रमुख डा निल्स होभियसले जलवायु अनुकूलनका लागि प्राकृतिक प्रकोपहरुको पूर्वानुमान प्रणालीहरुको विकास, जलवायु परिवर्तनका प्रभावको अनुगमन र वातावरणीय दिगोपनका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

पहाड तथा हिमाली क्षेत्रहरू पृथ्वीका सबैभन्दा गतिशील र नाजुक प्रणालीहरूमध्ये पर्ने र यी क्षेत्रहरू पहिरो, बाढी, हिमताल विस्फोट, हिउँपहिरोजस्ता शृङ्खलाबद्ध प्रकोपहरूको जोखिममा झनै संवेदनशील बन्दै गएको उनीहरुको जोड रहेको छ ।

जलवायु परिवर्तनले यस्ता जोखिमलाई थप तीव्र बनाउने, जसले पूर्वाधार हिमाली समुदायको जीवन र जीविकोपार्जन र तल्लो क्षेत्रमा बसोबास गर्ने अर्बौं मानिसलाई जोखिममा पार्नसक्ने भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलको छैटौँ मूल्याङ्कन प्रतिवेदन ९२०२३० अनुसार, पृथ्वीको तापक्रम २ डिग्री सेल्सियसले वृद्धि भएमा प्रायः सबै पहाडी क्षेत्रमा कम्तीमा पनि मध्यमस्तरको जोखिम आउनेछ भने केही क्षेत्रमा अझ उच्च जोखिम देखिनेछ ।

भविष्यमा देखिएका यस्ता जोखिम र जलचक्रमा हुने परिवर्तनले दिगो विकासका लागि पहाडी जोखिम मूल्याङ्कन तथा अनुगमन अत्यावश्यक भएको प्रतिवेदनको सुझाव छ । सत्रको सहजीकरण इञ्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय प्राध्यापक डा विष्णुप्रसाद पाण्डेले गरेको थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.89
153.49
European Euro
1
174.47
175.16
UK Pound Sterling
1
203.13
203.93
Swiss Franc
1
185.79
186.52
Australian Dollar
1
108.28
108.70
Canadian Dollar
1
108.56
108.98
Singapore Dollar
1
119.65
120.12
Japanese Yen
10
9.69
9.73
Chinese Yuan
1
22.80
22.89
Saudi Arabian Riyal
1
40.71
40.87
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.47
37.62
South Korean Won
100
11.21
11.25
Swedish Kroner
1
15.49
15.55
Danish Kroner
1
23.34
23.43
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
497.20
499.15
Bahrain Dinar
1
405.53
407.12
Omani Rial
1
397.11
398.67