Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तामाङ भाषा, लिपि प्रवर्ध्दन गर्न घेदुङको अभियान सुरु

तामाङलाई राजनीतिमा लाग्न अध्यक्ष गोलेको आग्रह
प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते

– बबिलाल तामाङ

चितवन । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनको आयोजनामा तामाङ भाषा, लिपि प्रवर्ध्दन तथा सामुदायिक अधिकार विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

- ADVERTISEMENT -

Advertisement

भरतपुर–११, भोजाड स्थित छेच्यु थर्पलिङ गुम्बामा जिल्लाभरिका तामाङ समुदायलाई लक्षित गरी सोमबार उक्त कार्यक्रम गरिएको घेदुङका जिल्ला अध्यक्ष बाबुलाल थिङ तामाङले जानकारी दिए ।

पछिल्लो समय तामाङ समुदायभित्र आफ्नो भाषा, संस्कृति बिर्सदैँ जाने क्रममा बढेपछि घेदुङले ‘तामाङ भेषभूषा, धर्म, कला, लिपि, संस्कार तथा संस्कृतिको प्रवद्र्धन र संरक्षण गरौं भन्ने मूल नारासहित संरक्षणमा जोड दिएको अध्यक्ष तामाङले बताए ।

नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मोहन गोलेले कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रमको प्रमुख वक्ता समेत रहेका गोलेले तामाङ समुदायको अबको यात्रा राजनीति रहेको बताए ।

हाम्रा पूर्खाहरुलाई विभिन्न कालखण्डमा राज्यले सदियौंदेखि दमन गर्दै आएको उनको आरोप थियो । आफ्नो हक र अधिकारका लागि तामाङ समुदाय अब जागरुक हुनुपर्ने बेला आएको उनको भनाइ थियो ।

परापूर्वकालदेखि राज्यले हामीलाई थिचोमिचो गर्दै आएको बताउँदै तामाङ समुदाय अब राजनीति तर्फ लाग्नुपर्ने उनको आग्रह थियो ।

कार्यक्रममा वाङजु बाइवाले डिजिटल प्रविधिबाट तामाङ लिपि, एपबारे प्रकाश पारेका थिए । बाइवाले लामो समयको अध्ययन र अनुसन्धान गरी एपबाटै पछिल्लो पुस्तालाई लक्षित गरी जनजातिको भाषा, लिपिको संरक्षण जगेर्नामा जोड दिँदै आएका छन् ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका सचिव गोमनसिंह रुम्बा, घेदुङ बागमती प्रदेशका सचिव दिलकुमारी थिङ, घेदुङ बागमती प्रदेशका सचिवालय सदस्य श्रीप्रसाद तामाङ, भरतपुर नगर तामाङ समाजका संस्थापका अध्यक्ष दिलमाया तामाङ, पूर्वअध्यक्ष गंगालाल लामा, निवर्तमान अध्यक्ष पासाङ तामाङ, छेच्यु थर्पलिङ गुम्बा भोजाड–११ का पञ्चबहादुर तामाङ, भरतपुर ११ का वडासदस्य जनप्रतिनिधि अनिष लामा, दूधपोखरी तामाङ समाजका कोषाध्यक्ष आइतीमाया तामाङ, पाख्रिन सेवा समाजका शम्भुलाल पाख्रिन लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहसचिव जीतबहादुर तामाङले स्वागत मन्तव्य दिएका थिए भने सञ्चालन सचिव सन्देश घलान तामाङले गरेका हुन् ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष बाबुलाल थिङ तामाङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98