Opens in a new tab
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

असुरक्षित गर्भपतनको जोखिम

प्रकाशित मिति : २०८२ असार ४ गते

नेपालमा असुरक्षित गर्भपतनका कारण किशोरी र महिलाको ज्यान जोखिममा पर्ने गरेको छ । यौन शोषणमा परेका वा विविध कारणले गर्भ बोक्न विवश कैयौँ बालिका वा किशोरीको असुरक्षित गर्भपतनका कारण ज्यान गइरहेको छ । सरकारले सुरक्षित गर्भपतनसम्बन्धी सहज व्यवस्था ल्याउँदा पनि सुरक्षित गर्भपतन गर्नुपर्छ भन्ने चेतनाको विकास हुन सकेको छैन । विडम्बना त यो छ कि शिक्षित भनिएकाहरुले समेत असुरक्षित गर्भपतन गराइरहेका छन् । एक तथ्याङ्कअनुसार नेपालमा ५८ प्रतिशत महिलाहरुले असुरक्षित गर्भपतन गराउँछन् ।

वैधरुपमा गर्भपतन गराउनेमध्ये ३७ प्रतिशतले सरकारी स्वास्थ्य संस्थामा, ३४ प्रतिशत एनजिओमार्फत चलेका स्वास्थ्य संस्थामा र बाँकी २९ प्रतिशतले निजी स्वास्थ्य संस्थामा गर्भपतन गराउने गरेका छन् । यौन शोषण, बलात्कार, हाडनाता करणीजस्ता असाधारण गर्भपतन गराउनु बाध्यता भए पनि नेपालमा शिशुको लिङ्ग पहिचान गरी गर्भपतन गराउने प्रवृत्ति अझै हटेको छैन । नेपालको कानुनले १२ हप्तासम्मको गर्भ गर्भवतीको इच्छाअनुसार सुरक्षितरुपमा पतन गराउन सकिने सुविधा दिएको छ । किनभने, गर्भमा छोरा वा छोरीको पहिचान १३ हप्तापछिमात्र पत्ता लाग्छ । कानुनी व्यवस्था कडा भए पनि नेपालमा असुरक्षित गर्भपतन गराउनेक्रम बढ्दो छ । गर्भपतन गराउने उद्देश्यले लिङ्गको पहिचान गरेमा ३ महिनादेखि ६ महिनासम्म कैद हुने व्यवस्था र लिङ्ग पहिचानगरी गर्भपतन गराउनेलाई थप एक वर्ष कानुनी सजाय हुने व्यवस्था छ । नेपालमा सन् २००२ देखि गर्भपतन सेवा सुरू गर्ने निर्णय भएकोमा सन् २००४ देखि मात्रै कार्यान्वयनमा आएको पाइन्छ । हालसम्म १२ लाखले गर्भपतन गराइसकेका छन् । सुरूवातमा भ्रुणहत्यालाई अपराध मान्ने गरिन्थ्यो । कानुनले अनिच्छुक गर्भपतन गराउन सक्ने अधिकार दिएपछि जथाभावी गर्भ बोक्ने र पतन गराउने श्रृङ्खला जारी छ । लुकिछिपी र असुरक्षितरुपमा गर्भपतनका कारण किशोरी र महिलाको ज्यान जोखिममा परेको छ । इजाजत प्राप्त नगरेका स्वास्थ्यकर्मीको संस्थामा लुकिछिपी गर्भपतन गर्ने विकृतिका कारण गर्भवतीको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको छ  ।

- ADVERTISEMENT -

Advertisement

नेपालमा कानुनतः विवाह गर्ने उमेर २० वर्षपारि मानिएको छ । १८ वर्षभन्दा कम उमेरकी किशोरीको हकमा उसको स्वास्थ्य र सर्वोपरि हितका निम्ति सुरक्षित गर्भपतन गराउन कानुनमा व्यवस्था भएको हो । गर्भपतन गराउन निश्चित शुल्क तिर्नुपर्छ । विकट गाउँका महिलाले रकम अभावका कारण घरेलु उपाय अपनाएर गर्भपतन गराउने प्रयास गर्छन् भने सहरबजारका महिलाले सुरक्षित उपाय अपनाउनुभन्दा पनि लोकलाजको डरले जथाभावीरुपमा औषधि प्रयोग गर्छन् । पछिल्लो समय गर्भपतनलाई गर्भनिरोधको अस्थायी साधन नै बनाइन थालिएको छ । यस्तो गलत बुझाइले गर्दा गर्भपतनलाई गर्भनिरोधको विकल्प मान्न थालिएको छ । गर्भपतन आकस्मिक र अन्तिम प्रयोगमात्र हो । आकस्मिकबाहेक यस्तो व्यवस्थालाई सुविधाका रुपमा लिइनु विकृति हो । सामान्य औषधि पसलमा उपलब्ध हुने गर्भनिरोधक औषधि खाए गर्भपतन भइहाल्छ भन्ने गलत धारणाले गर्दा गर्भवतीको ज्यानै जानसमेत जानसक्ने जोखिम हुन्छ । जथाभावी गर्भनिरोधको औषधि सेवन गर्दा अत्यधिक रक्तश्रावका कारण किशोरीहरुको ज्यान जाने गरेको छ । जथाभावी औषधि बेच्ने र लुकिछिपी गर्भपतन गराउने औषधि पसलहरुको अनुगमन गरिनुपर्छ । असुरक्षित गर्भपतनले पार्ने दुस्प्रभावबारे गाउँसमाजमा प्रभावकारीरूपमा चेतना फैलाउनु उत्तिकै आवश्यक देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.89
153.49
European Euro
1
174.47
175.16
UK Pound Sterling
1
203.13
203.93
Swiss Franc
1
185.79
186.52
Australian Dollar
1
108.28
108.70
Canadian Dollar
1
108.56
108.98
Singapore Dollar
1
119.65
120.12
Japanese Yen
10
9.69
9.73
Chinese Yuan
1
22.80
22.89
Saudi Arabian Riyal
1
40.71
40.87
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.47
37.62
South Korean Won
100
11.21
11.25
Swedish Kroner
1
15.49
15.55
Danish Kroner
1
23.34
23.43
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
497.20
499.15
Bahrain Dinar
1
405.53
407.12
Omani Rial
1
397.11
398.67