दुर्घटना अपडेट : एकको मृत्यु, घाइते ५ को उपचार हुँदै

0
195

चितवन / नारायणगढ–मुग्लिन सडक खण्डमा दुईवटा ट्रक एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ८०११ नम्बरको ट्रकका चालक बारा प्रवानीपुर २ बस्ने वर्ष २८ का अजय शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिनुभयो ।
प्रवक्ता थापाका अनुसार अन्य घाइतेहरु २४२३ नं. ट्रकका चालक दोलखा जिरी नपा २ दाङ्गिमा शेर्पा, सिराह ईनरुवाका लाल गुलाब अन्सारी, चितवन ईच्छाकामनाका भावी गुरूङ, बिमा गुरूङ र सुभद्रा गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
नारायणगढ–मुग्लिन खण्डक दुबैतर्फ सवारी सुचारु भएको उहाँले जानकारी दिनुभयो ।