Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज साउने सङ्क्रान्ति : हर्षोल्लासका साथ मनाइँदै 

प्रकाशित मिति : २०८२ श्रावण १ गते

काठमाडौँ । असारभरिको कृषि कर्मको थकान मेट्दै र प्रकृतिको हरियालीसँगै नयाँ उमङ्ग बोकेर आज (बिहीवार) देशभर साउने (कर्कट) सङ्क्रान्ति पर्व हर्षोल्लासका साथ मनाइँदै छ । 

सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने यस दिनबाट सूर्य दक्षिणायन लाग्ने र वर्षायामको मध्य विन्दु मानिने भएकाले यसको सांस्कृतिक एवं खगोलीय महत्त्व विशेष छ।  यो पर्व कृषि संस्कृतिको सम्मान, प्रकृतिसँगको तादात्म्यता र पारिवारिक जमघटको अनुपम प्रतीकका रूपमा रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

खगोलीय रूपमा आजदेखि सूर्य दक्षिणतिर ढल्कने अर्थात् दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र आजदेखि सुरु हुने दक्षिणायन, दुवै दिनलाई वैदिक परम्परामा विशेष मानिन्छ । 

यस दिनलाई किसानहरूले एक महिना लामो धान रोपाइँ र अन्य खेतीपातीको कामबाट विश्राम लिने अवसरका रूपमा पनि मनाउँछन् । आफन्तजन भेला भई मीठा परिकार खाने र सुखदुःख साटासाट गर्ने चलनले यस पर्वलाई सामाजिक रूपमा अझ जीवन्त बनाएको छ ।

साउने सङ्क्रान्तिको सबैभन्दा मौलिक र रोचक पक्ष भनेको ‘लुतो फाल्ने’ परम्परा हो । असार महिनाभर हिलोमाटोमा काम गर्दा लाग्न सक्ने छालासम्बन्धी रोग र एलर्जीबाट मुक्ति पाइयोस् भन्ने कामनासहित यो विधि गरिन्छ । 

धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार, ‘कृषि कर्मको क्रममा शरीरमा लाग्ने विभिन्न चर्मरोग र विकारलाई हटाउन औषधीय गुणयुक्त वनस्पतिहरूको प्रयोग गरी शरीरलाई शुद्ध पार्ने प्रतीकात्मक विधि नै लुतो फाल्नु हो ।’

यस परम्पराअनुसार साँझपख घर–घरमा कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, नास्पातीजस्ता औषधीय वनस्पतिलाई बालेर अगुल्टो बनाई घरको चारैतिर घुमाउँदै फालिन्छ ।

‘कण्डारक’ नामक राक्षसको पूजा गरी अनिष्टलाई भगाउने मान्यतास्वरूप नाङ्लो ठटाउने, शङ्ख फुक्ने र घण्ट बजाउनेजस्ता सांस्कृतिक अभ्यासहरू पनि प्रचलनमा छन् ।

साउने सङ्क्रान्तिसँगै भगवान् शिवको प्रिय महिना ‘श्रावण’ पनि प्रारम्भ भएको छ । यो महिनाभरि श्रद्धालुहरू, विशेषगरी महिलाहरू, भगवान् शिवको भक्ति-आराधनामा लीन हुन्छन् । 

प्रकृति हरियालीले ढाकिने यो समयमा महिलाहरू हरियो र रातो रङका वस्त्र, चुरा र मेहन्दीमा सजिएर प्रकृतिसँग एकाकार भएको सन्देश दिन्छन् । यसैकारण साउन महिनामा हरिया चुरापोते र कपडाको व्यापार पनि फस्टाउने गर्दछ ।

यसरी, साउने सङ्क्रान्ति केवल एक दिनको पर्व मात्र नभई, कृषि-संस्कृति, प्रकृति-पूजा, स्वास्थ्य-चेतना र सामाजिक-सद्भावको अनुपम संगम हो । यसले नेपाली समाजको प्रकृति र परम्पराप्रतिको गहिरो सम्मानलाई उजागर गर्दछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05